
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई मुस्कुराउँदै परित्याग गर्नु उपयुक्त भएको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार वुढाथोकीको ४५औं पुण्य तिथिमा शनिबार राजधानीमा आयोजित श्रद्धञ्जली सभामा महामन्त्री शर्माले सरकारबाट निस्कनु पर्ने अवस्था एक वर्षपछि आउँथ्यो होला तर अहिले नै मुस्कुराउँदै निस्किएर राम्रो गरेको बताएका हुन्।
गृहमन्त्री रवी लामिछानेको राजिनामाको माग कांग्रेसले संस्थागत निर्णयबाट नगरे पनि प्रश्न उठेपछि र विवादमा तानिएपछि मन्त्रीले राजिनामा दिएर छानबिनलाई सहयोग गर्नु पर्छ भनेर माग गरेको बताए।
नेता केशवकुमार वुढाथोकी हक्की स्वभागको नेता भएकाले उहाँको व्यक्तिगत प्रसंशा नगरेर राम्रो काम आफुहरुले जीवनमा सिक्नुपर्ने बताए।
‘केशव दाईको सबैसँग जनसम्पर्क राख्न सक्ने, पूर्वाग्रह नराखी व्यवहार गर्ने, आफ्ना विचार प्रष्ट राख्ने र हकी स्वभाव हामी सबैको लागि प्रेरणाका स्रोत हुन्, महामन्त्री शर्माले भने, ‘कसैको पनि समस्या समाधानका लागि पूर्वग्रह नराख्ने कार्यशैली कांग्रेसका नेतादेखि कार्यकर्तासम्मले सिक्न सक्छौं।’
शर्माले भने, ‘झापाका प्रत्येक स्थानीय तह, समुदाय, समाज र नेता तथा कार्यकर्तासँग राम्रो सम्वन्ध भएकै कारण २०६४ मा देशभर कांग्रेस पराजय हुँदै गदाृ झापाबाट केशव दाईले चुनाव जितेर देखाउनुभयो ।’
महामन्त्री शर्माले मनमा जे छ त्यही खुलस्त भन्ने अभिनय नगर्ने स्वभावका बुढाथोकी कसैको ‘एसमेन’ कहिल्यै नभएर हकी स्वभावको प्रस्तुतिले झापाको अर्जुनधारा गाउँ पञ्चायतको अध्यक्ष, जिल्ला विकास समितिको अध्यक्ष, संविधानसभा सदस्यदेखि सांसद र मन्त्रीसम्म बनाएको बताए।
तत्कालिन राजा त्रिभुवनका तीन जना नाति बीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रका साथै भुटानका पूर्वनरेश जिम्मेसिग्मे वाङचुकसँगै दार्जेलिङमा अध्ययन गरेको कारण सम्वन्ध सुमधुर भए पनि कहिल्यै विभेद गरेनन्।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्र लिम्बुले कांग्रेसको झापाका नेता र कार्यकर्ताले एउटा परिवारको सदस्य गुमाएको भन्दै आफुले देखेको कुरा नहिच्किचाईकन नडराई बोल्न सक्ने हकी स्वभाव र मतदाता र कार्यकर्तासँग घुलमिल हुन सक्ने गुण आजका नेताहरुले सिक्नु पर्ने खाँचो औल्याइन्।
अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले राजनीतिमा नाम कमाएका वुढाथोकी नेपालका पहिलो फुटबल क्लब महाबीर क्लवको खेलाडी भएको जनाए । उनले समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने वुढाथोकीको निधनले झापालाई ठूलो क्षति पुगेको बताए।
झापा– काठमाडौं सम्पर्क समितिका सभापति दीपक उप्रेतिको सभापतित्वमा भएको सो कार्यक्रममा स्वर्गीय वुढाथोकीकी छोरी ममता वुढाथोकीले आफ्ना पीताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...