उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर प्रयोग नगरिएको टेलिफोन हटलाइनमार्फत उत्तर कोरियाले सुरुमा २० मिनेट लामो टेलिफोन सम्पर्क गरेको थियो । उत्तर कोरियाली नेता किम जङ अनले सो टेलिफोन हटलाइन पुन सुरु गर्न आदेश दिएका हुन् । दक्षिण कोरियाले उत्तरको पहलको स्वागत गरेको छ । हिउँदे ओलम्पिक खेल अघि दुवै पक्षबीच थप वार्ता हुने बताइएको छ ।
दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री चो म्युङ ग्युनले “बुधबार उत्तर कोरियाले स्थानीय समय अनुसार ३ बजेर ३० मिनेटमा फोन गरी दुई देशबीचको हटलाइन पुनः खोलिएको जानकारी दिए ।” उत्तर कोरियाका एक अधिकारीले हटलाइन पुनः खोलिएको घोषणा टेलिभिजनमार्फत गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपतिले उक्त हटलाइन पुनः खोल्ने कदम एकदमै महत्वपूर्ण उपलब्धि भएको र यसले सँधै आपसी सञ्चार गर्न संभव हुने वातावरण बनाउने उल्लेख गरेका छन् । यसअघि उत्तर कोरियाका नेता किमले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधन सोलसँग वार्ता गर्न र आफ्नो देशको टोली अर्को महिना दक्षिणमा हुने हिउँदे ओलिम्पिक्समा भाग लिन पठाउन आफू तयार भएको बताएका थिए । यी दुई देशहरूले २०१५ डिसेम्बरपछि उच्चस्तरीय वार्ता गरेका छैनन् । त्यो वार्तालगत्तै उत्तर कोरियाले दुई देशबीचको सञ्चार प्रणाली काटेको र आफूहरूले फोन सम्पर्क गर्दा जवाफ नदिएको दक्षिण कोरियाले बताउँदै आएको थियो ।
उत्तर कोरियाको प्रतिनिधिमण्डललाई ‘हिउँदे ओलिम्पिक्स’मा सहभागी गराउन दक्षिण कोरियाको प्युङ्चाङ् पठाउने प्रस्तावसँग सम्बन्धित व्यावहारिक पक्षबारे दुई देशले फेब्रुअरीमा छलफल गर्ने ती अधिकारीले जानकारी दिए । दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले एकजना अधिकारीलाई उद्धृत गर्दै दक्षिणले “उत्तर कोरियासँग हामी इमान्दार भएर निष्ठापूर्वक सम्पर्क गर्नेछौँ ।”
उनका अनुसार प्रतिनिधिमण्डल पठाउने सम्बन्धमा व्यावहारिक विषयवस्तुमा छलफल गरिनेछ । नयाँ वर्षको सम्बोधनमा राष्ट्रपति किमले ’हिउँदे ओलिम्पिक्स’को सहभागिता दुई देशका जनताबीचको एकता भएको प्रदर्शन गर्ने राम्रो अवसर भएको बताएका थिए । दक्षिण कोरियाले उत्तरको सहभागितालाई स्वागत गर्न तत्परता देखाइसकेको छ र उच्चस्तरीय वार्ता गर्न सोमवार प्रस्ताव गरिसकेको छ । उत्तरले उक्त प्रताव स्वीकार्ने हो या होइन त्यो भने अझै स्पष्ट भइसकेको छैन । तर दुई देशबीचको टेलिफोन सम्पर्क स्थापनाले प्रारम्भिक छलफल गर्ने बाटो खुलेको छ । दैनिक पत्रिका ज्युङ्आङ् इल्बोले किमको सम्बोधन दक्षिण कोरियाको आन्तरिक विभाजन चर्काउन सोचविचार गरेर चालिएको कदम हुनसक्ने आशंका गरेको छ । हाङ्कियोरा पत्रिकाले पनि सचेत हुनुपर्ने जनाएको छ ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...