
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सोमबार पाँच सय ३५ जना संक्रमित फेला परेका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढेर नौ हजार पाँच सय ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार मुलुकका ७६ वटै जिल्लामा संक्रमित भेटिएका छन् । रसुववाहेक सबै जिल्लामा कोरोनका संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।
प्रवक्ता गौतमका अनुसार सोमबार सबैभन्दा बढी ९० जना संक्रमित पाल्पा जिल्लामा थपिएका छन् । कैलालीमा ५८, गुल्मीमा ५५, सर्लाहीमा ४७, रौतहटमा ३४, स्याङ्जामा ३३, प्युठानमा ३०, सिराहामा २३ र नवलवरासी पूर्वमा २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्तै, डडेलधुरामा १५, सप्तरीमा १५, बैतडीमा १४, दाङमा १३, मोरङम १२, रुपन्देहीमा १२, तनहुँमा ११ र धनुषामा १०, अर्घाखाँचीमा ९,डोटीमा ७, नवलपरासी पश्चिममा ५, चतवनमा ५, झापामा ३, अछाममा २, सिन्धुपाल्चोकमा २, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगामा एक, एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या नौ हजार पाँच सय ६१ पुगेको छ । तिमध्ये २३ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय ४२ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९० हजार सात सय ३० जना छन् । हालसम्म एक लाख ८१ हजार २७१ जनाको सीपीआर टेस्टबाट परिक्षण गरिएको छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...