माओबादीका तीन मन्त्रीद्वारा राजिनामा, सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
कोशी प्रदेश सरकारमा किचलो

माओबादीका तीन मन्त्रीद्वारा राजिनामा, सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

बिराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलको आज (सोमबार) बसेको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता वोलाउने निर्णय गरेको थियो।

नेपाली कांग्रेससँगको माओबादी गठबन्धनबिरुद्ध विद्रोह गरी कांग्रेसको कोशी प्रदेश सभाका सदस्य केदार कार्की मुख्यमन्त्री बनेका थिए। कार्की नेतृत्वको सरकारमा माओवादीबाट तीन मन्त्री सहभागी थिए।

कार्की नेतृत्वको सरकारमा सहभागी भएका माओबादीका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती; खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र सामाजिक विकासमन्त्री राजेन्द्रकुमार कार्कीले सोमबार पदबाट राजिनामा दिएका हुन्।

याँ सत्ता गठबन्धन बनेसँगै नेकपा (एमाले) र माओवादीले नयाँ सरकार गठनका लागि छलफल गरिरहेका थिए। उनीहरूले प्रदेश प्रमुखलाई बहुमत देखाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आह्वान समेत गरेका छन्।

माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई सरकारबाट फिर्ता वोलाएको केही बेरमै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई चार आरोप समेत लगाएका छन्।

असोज २७ गते कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले कात्तिक १८ गते सरकारबाट बाहिरिएको थियो। तर समर्थन फिर्ता लिएको थिएन।

माओवादी केन्द्रसँगै एमालेले पनि समर्थन फिर्ता लिँदै गर्दा मुख्यमन्त्री कार्कीमाथि चार आरोप लगाएका छन्।

मुख्यमन्त्री कार्कीलाई पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, अनुचित र अस्वभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट बिना अध्ययन अनुसन्धान अनावश्यक र अनूचित खर्च गरेको आरोप एमाले–माओवादीले लगाएका छन्।

एमाले र माओबादीले कार्कीमाथि प्रादेशिक संरचनाको प्रतिष्ठामै आँच आउने व्यवहार प्रदर्शन गरेको समेत आरोप लगाएका छन्।

कार्कीमाथि चार आरोप लगाएका दुई दलका ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको राजनीतिक दाबी पेश गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ५ बमोजम मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नपाएमा मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसमक्ष ६ महिनाभित्र निर्वाचन गर्ने गरी प्रदेश सभा भङ््ग गर्न पाउने अधिकार छ । त्यसैले माओबादी र एमालेले संविधान बमोजिम नभएर राजनीतिक दाबी भन्दै हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन्।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८० चैत्र २६, १८: २७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८० चैत्र २६, १८: २७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८० चैत्र २६, १८: २७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...