कोरोनाका पाँच सय ५४ संक्रमित थपिए, मृतक २८ पुगे , संक्रमण सबै जिल्लामा पुग्यो – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

कोरोनाका पाँच सय ५४ संक्रमित थपिए, मृतक २८ पुगे , संक्रमण सबै जिल्लामा पुग्यो

काठमाडौं । नेपालमा शनिबार कोरोनाका पाँच सय ५४ जना सक्रमित थपिएका छन् । कोरोनाबाट शनिबार नै थप एक जनाको मृत्यु भएको छ । योसँगै संक्रमितको सख्या १२ हजार तीन सय नौ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार कोभिड १९ का संक्रमित मुलुकका ७७ वटै जिल्लामा भेटिएको छ । शनिबार रसुवाका आठ महिला र एक पुरुषमा संक्रमण भएको पुष्टी भएसँगै कोरोनाका संक्रमित ७७ वटै जिल्लामा देखिएको हो ।

शनिबार चार सय ३४ जना पुरुष र एक सय २० जना संक्रमित भएसँगै कूल संक्रमितको सख्या १२ हजार तीन सय नौ पुगेको हो । शनिबार नै कैलाली जिल्लाको गोदावरी नगरपालिका ७ का ५० वर्षे पुरुषको शनिबार भारतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको छ । फोक्सोको क्यान्सर भएका ति पुरुषको आइसोलेसनमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।

शनिबार काठमाडौंमा एक महिला र तीन पुरुषसहित चार र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् । शनिबार सवैभन्दा बढी बाजुरा र डोटीमा थपिएका छन् । बाजुरामा ८२ र डेटीमा ७३ जनामा संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार महोत्तरीमा ३० जना, रौतहटमा ३४ जना दाङमा ३१ जना, पाल्पामा २६जना, स्याङ्जामा २७ जना, बैतडीमा २६ जना, अर्घाखाँचीमा १८ जना, अछाममा १३ जना, सल्यानमा १३ जना, उदयपुरमा ७ जना र इलाममा ५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, बझाङमा ८, बजुरामा ४, बारामा १२, डडेलधुरामा ८, धादिङमा ३, गुल्मीमा ७, जाजरकोटमा १, कैलालीमा ८, कन्चनपुरमा ३, मोरंगमा २, धनुषामा ३, पर्षामा ३, कञ्चनपुरमा ३, सर्लाहीमा ६, चितवनमा २, नुवाकोटमा ६, मकवानपुरमा २ पाँचथरमा १, संक्रमित थपिएका छन् ।
नवलपरासी पूर्वमा २, बागलुङमा ८, रुपन्देहीमा ८, वाँकेमा २, बर्दियामा ८, कपिलबस्तुमा ८, सुर्खेतमा ७, रोल्पामा १ र कञ्चनपुरमा २ जनामा संक्रमण पुष्टी भएको छ ।

सम्बन्धित समाचार

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०७७ असार १३, १९: ०३

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७७ असार १३, १९: ०३

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...

मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
मौसम अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सक्न कांग्रेसको निर्देशन
  • २०७७ असार १३, १९: ०३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको...