साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन – Naya Bikalpa
February 9, 2025, Sunday

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

पोखरा । गजलकार एवं गीतकार प्रकट पंगेनीको निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई लामो समयसम्म अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराई राखेका थिए । उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।

उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख र पोखरेली सांस्कृतिक परिवारले २५ हजार सहयोग गर्ने निर्णय यसअघि नै गरेको थियो ।

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ बैशाख ४, १७: १०

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ बैशाख ४, १७: १०

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ बैशाख ४, १७: १०

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...