सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट सिल – Naya Bikalpa
May 18, 2024, Saturday

सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट सिल

काठमाडौं । लैनचौरस्थित खड्का ल्यान्ड डेभलपेमन्ट प्रालिले सम्झौता विपरीत भोगचलन गरेको लैनचौर बैंक्वेट आज साँझबाट सिल गर्ने निर्णय गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित स्काउटको पूर्ण स्वामित्वमा रहेको भवनहरू अहिले सिल गर्ने काम भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

‘ विवाहको कार्यक्रम पहिले नै तय भएको हुनाले बैंक्वेट हलचाहिँ भोलि साँझसम्म चल्न दिन्छौँ ।’ उनले भने । बैंक्वेटमा प्रहरीको निगरानीमा राखिने प्रजिअ बस्नेतले बताए । पूर्व राज्यमन्त्री दीपक खड्काको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले भाडा नतिरिकन भवन भाडामा लगाएर तथा बैंक्वेट पनि सञ्चालन गर्दै आएको थियो ।

स्काउटसँग गरेको सम्झौता सकिए पनि खड्का ल्याण्डले अवैध तरिकाले भोगचलन गरेपछि स्काउटका निर्देशक रामप्रसाद भट्टराईले खड्का ल्यान्डलाई हटाउन पहल गरिरहेको बुझिएको छ ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ७, ०७: ५०

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ७, ०७: ५०

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...

संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
  • २०८१ बैशाख ७, ०७: ५०

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै शुक्रबार संसद् भवन अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गर्ने करिब ११ जनालाई...