प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउन तयार छौंः लेखक – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

प्रचण्डलाई प्रधानमन्त्रीमा अघि बढाउन तयार छौंः लेखक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवीत हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं ।’
नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैईनसकेको समेत जिकिर गरे । यद्धपी जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने विचार व्यक्त गरे ।
तर उनले एमाले र माओवादी बाहेक पनि सरकार बन्न सक्ने संभावना रहेको औंल्याए । ‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ ।’ आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रिय कार्यसमिति बैठक आह्वान गरेर व्यापक समिक्षा गरिने पनि उनले बताए । उनले भने, ‘हामी सुक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं ।’ निर्वाचनमा कुनै एक नेताको कारणलेमात्रै पार्टी पराजित नभएको पनि दाबी गरे । उनले ‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको र हार्नुको कारणको खोजी हुन्छ ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्र बारेमा समिक्षा गरिने बताए ।

सम्बन्धित समाचार

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०७४ पुष २४, ०९: १२

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
  • २०७४ पुष २४, ०९: १२

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...

गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
गोपालमानले गगनलाई भने- ‘छाड्ने होइन, फेरि कांग्रेस रूपान्तरणको अभियानमा अघि बढौं’
  • २०७४ पुष २४, ०९: १२

काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...