रेबिजविरुद्ध खोपको अभाव – Naya Bikalpa
May 15, 2024, Wednesday

रेबिजविरुद्ध खोपको अभाव

बाजुरा । बाजुरामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गएपनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए ।

जथाभावी रुपमा छोडिएका कुकुर, स्याल लगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरेपनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनु परेको जनस्वास्थ्य अधिकृत चन्दले जानकारी दिए । जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको छ ।

स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा.प्रतीक न्यौपानेले बताए ।

स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको छ ।

 

सम्बन्धित समाचार

गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
  • २०८१ बैशाख १७, ११: ४७

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि स्टेटको नीतिगत भ्रष्टाचार प्रकरणमा आफूविरुद्ध नेपाली कांग्रेस खनिएमा आक्रोस पोखेका छन्।...

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
  • २०८१ बैशाख १७, ११: ४७

धनगढी। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेस...

ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ
ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ
  • २०८१ बैशाख १७, ११: ४७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टी स्टेट नीतिगत...