काठमाडौं। नागार्जुन नगरपालिकाको वडा नंम्वर ६ स्थित सिँगारीपाटीमा नवनिर्मित वडाको प्रशासकीय भवनको नगर प्रमुख मोहन बहादुर बस्नेतले हालै उद्घाटन गरेका छन्।
सो वडाको प्रशासनिक केन्द्रका रुपमा रहेको सो भवन नागार्जुन नगरपालिकाको एक करोड ८३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
वडाध्यक्ष देवेन्द्रराज गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त भवनको नगर प्रमुख बस्नेतले पानसमा द्विप प्रज्ज्वलन तथा उप–प्रमुख श्री सुशिला अधिकारीसहितले भवनको मुल द्वारको रिवन काटेर उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा फयख्वा मानन्धर गुठीका बाद्यवादकहरूले मंगल धुन बजाएका थिए भने स्थानीय शुभ गर्जन महिला समूहका दिदी बहिनीहरूले राष्ट्रिय गान तथा स्वागत गीतहरू प्रस्तुत गरेका थिए।
बागमती प्रदेश सांसद श्री गोमा विक, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वडा नं. ६ का निवर्तमान वडाध्यक्ष राजेन्द्र बुढाथोकी, प्रहरी बृत्त स्वयम्भूका प्रमुख पूर्णिमा कुमारी चन्द, नगरका वडाध्यक्षहरु, पदाधिकारी तथा कर्मचारी, स्थानीय बुद्धिजिवीहरु तथा वडाबासीहरुको उद्घाटन कार्यक्रममा उपस्थिति थियो।
२०७८ साल असारमा तत्कालिन वडाध्यष राजेन्द्र बुढाथोकीले सो प्रशासकीय भवनको शिलान्यास गरेका थिए।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...