जनसम्पर्क समिति अमेरिकाले २ लाख ८ हजार सिन्धुपाल्चोक र म्याग्दीलाई राहत दियो – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

जनसम्पर्क समिति अमेरिकाले २ लाख ८ हजार सिन्धुपाल्चोक र म्याग्दीलाई राहत दियो

काठमाडौं ।
नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनञ्जय नरसिंह केसीको सभापतित्वमा हालै बसेको बैठकले हालै नेपालमा गएको बाढी पहिरोबाट पीडित भएका जिल्लाहरु सिन्धुपालचोकमा एक लाख ४ हजÞार र म्याग्दीमा एक लाख चार हजÞार रुपैयाँ सहयोग गरेको छ ।

समितिले कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा र म्याग्दीका कांग्रेस सभापति खÞम बहादुर गर्बुजालाई सो रकम पठाएको हो । हालै नेपालमा आएको अविरल बर्षाका कारण म्याग्दी र सिन्धुपाल्चोकमा धनजनको क्षति गरेपछि म्याग्दी र सिन्धुपालचोक कांग्रेस जिल्ला कार्य समितिले बाढी पहिरो पीडितका लागि स्थापना गरेको राहत कोष खातामा सिधै जम्मा हुने गरि म्याग्दी कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा र म्याग्दी जिल्ला कार्य समितिको नाममा १ लाख ४ हजार २४३ रुपैया पठाइएको छ ।

यसअघि समितिको अमेरिका शाखाले ६ वर्ष अघिको अधिवेशनबाट सभापतिमा निर्वाचित कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई पदबाट हटाउने निर्णय गरेको थियो

विष्ट नेतृत्वको पदाधिकारीहरुको पधावदी समाप्त भएको ठहर गर्दै समितिआवद्ध पक्षको संयुक्त राज्य अमेरिकामा भएको एक भेलाले सोही अधिवेशनबाट निर्वाचित सभापति आनन्द बिष्ट काँग्रेसको आमन्त्रित केन्द्रिय सदस्य भएकोले सो पद स्वतः खाली भएको दाबा समेत गरेको थियो ।
पार्टीको विधान अनुसार पार्टीले निर्देशन नै गर्नु नपर्ने गरि बिधानमा नै किटान ब्यबस्था भएकोले तत्कालिन समयदेखि नै लागू हुनेगरी बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी कार्यबाहक सभापति भएको जनाइएको छ ।

आनन्द विष्ट नेतृत्वको जनसम्पर्क समितिको पदावधि समाप्त भएकोले पार्टीले ६ महिनाको लागि सोहि टिमलाई म्याद थप गरेको थियो। त्यो अबधि पनि समाप्त भएकोले बरिष्ठ उपसभापति धनञ्जय नरसिंह केसी र पूर्वसंयोजक बिष्णु सुवेदीले बारम्बार आयोजना गरेको भेला र बैठकले उनलाई असार २६ गते अर्थात जुलाई १०, २०२० गतेदेखि लागू हुने गरी विष्टलाई पदमुक्त गरेको हो ।
अधिवेशन तयारी समिति बनाउनको लागि एक भर्चुयल भेलाको आयोजन गर्न धनञ्जय नरसिंह के सी, इश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे रहेको समिति समेत गठन गरिएको छ । समितिले सबैलाई समेटेर भेला बोलाउने बताइएको छ ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७७ असार ३१, १४: ४४

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७७ असार ३१, १४: ४४

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७७ असार ३१, १४: ४४

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...