दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने खतरा बढ्दै – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने खतरा बढ्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।

विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो ।

यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल बहराइनमै खेलेको थियो ।

एन्फा र एएफसीले रंगशालाको भौतिक संरचना र पिचमा प्रश्न उठाएका छन् । साथै राति हुने खेलमा फ्लडलाइटको विषयमा समेत प्रश्न उठाएका छन् ।

एन्फा र एएफसीले पत्र लेख्दै रंगशालाको भौतिक अवस्था सुधार गर्न पत्र लेखेका थिए । यसपछि खेलकुद मन्त्रालयले चासो देखाउँदै सरोकारवालाको बैठक आज बोलाएको छ ।

सो बैठकमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८१ बैशाख २५, १३: २३

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८१ बैशाख २५, १३: २३

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...

कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
  • २०८१ बैशाख २५, १३: २३

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...