कोशी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै सपथको तयारी – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
सर्वोच्चका सबै इजलास बन्दको मौका

कोशी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै सपथको तयारी

विराटनगर। कोशी प्रदेश प्रमुख पर्शराम खापुङले बहालवाला मुख्यमन्त्री केदार कार्कीले राजिनामा नगर्दै वा उनलाई नहटाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रलेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका छन्।

प्रदेश प्रमुख खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त कार्कीलाई आजै सपथ खुवाउने तयारी गरिएको छ।

एमाले नेता हिक्मतलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ जना प्रदेश सभा सदस्यले समर्थन गरेका हुन्।

यसअघि हिक्मत कार्कीले संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका आफूसँग प्रदेश सभाका बहुमत सदस्यहरूको समर्थन रहेको दाबीसहित प्रदेश सरकारको नेतृत्वका लागि प्रदेश प्रमुख समक्ष दाबी पत्र बुझाएका थिए।

खापुङले बुधबार साँझ नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएर संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

आजै प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए। तर सर्वोच्च अदालतका एकजना पूर्वन्यायाधिशको निधनप्रति शोक मनाउन सर्वोच्चका सबै इजलासहरु आज बन्द गरिएको छ।

आफू संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएको र एक पटक विश्वासको मत लिइसकेकाले पुनः विश्वासको मत लिनु नपर्ने कांग्रेसका केदार कार्कीको दाबी छ।

 

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८१ बैशाख २७, १४: १९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८१ बैशाख २७, १४: १९

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०८१ बैशाख २७, १४: १९

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...