टी–२० विश्वकपमा नेपालको खेल तालिका सहितको विवरण सार्वजनिक – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

टी–२० विश्वकपमा नेपालको खेल तालिका सहितको विवरण सार्वजनिक

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । टी–२०  विश्वकपमा समूह ‘डी’ मा नेपाल , बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंकाको टोली रहेका छन् ।

टी–२० विश्वकपमा नेपाली समय अनुसार खेल तालिका, समय र मैदानः

जेठ २२ – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ः१५, ग्रान्ड पेरी स्टेडियम

जेठ ३० – नेपालविरुद्ध श्रीलंका, बिहान ५ः१५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

असार १ – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ः१५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

असार ३ – नेपालविरुद्ध बंगलादेश, बिहान ५ः१५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

लाइभःआईसीसी टिभी र स्टार स्पोर्ट्स च्यानल ।

नेपालले टी–२० कप खेल्ने नेपालको टोलीः

२०१४ को विश्वकपबाट २०२४ मा खेल्ने सोमपाल नेपालको एक्लो खेलाडी हुन् । अन्य १४ खेलाडीले पहिलो पटक विश्वकप खेल्दैछन् ।

रोहित पौडेलकाे (कप्तानीमा), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जि.सी.,सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

सम्बन्धित समाचार

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
  • २०८१ बैशाख २७, १६: ३८

काठमाडौँ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०८१ बैशाख २७, १६: ३८

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८१ बैशाख २७, १६: ३८

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...