टी–२० विश्वकपमा नेपालको खेल तालिका सहितको विवरण सार्वजनिक – Naya Bikalpa
January 24, 2025, Friday

टी–२० विश्वकपमा नेपालको खेल तालिका सहितको विवरण सार्वजनिक

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । टी–२०  विश्वकपमा समूह ‘डी’ मा नेपाल , बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंकाको टोली रहेका छन् ।

टी–२० विश्वकपमा नेपाली समय अनुसार खेल तालिका, समय र मैदानः

जेठ २२ – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ः१५, ग्रान्ड पेरी स्टेडियम

जेठ ३० – नेपालविरुद्ध श्रीलंका, बिहान ५ः१५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

असार १ – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ः१५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

असार ३ – नेपालविरुद्ध बंगलादेश, बिहान ५ः१५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

लाइभःआईसीसी टिभी र स्टार स्पोर्ट्स च्यानल ।

नेपालले टी–२० कप खेल्ने नेपालको टोलीः

२०१४ को विश्वकपबाट २०२४ मा खेल्ने सोमपाल नेपालको एक्लो खेलाडी हुन् । अन्य १४ खेलाडीले पहिलो पटक विश्वकप खेल्दैछन् ।

रोहित पौडेलकाे (कप्तानीमा), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जि.सी.,सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ बैशाख २७, १६: ३८

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ बैशाख २७, १६: ३८

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ बैशाख २७, १६: ३८

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...