संसद र दलिय वैठक छाडेर सल्यानको गाउँपालिका भवन उद्घटन गर्न जाँदै प्रधानमन्त्री – Naya Bikalpa
May 1, 2026, Friday      Epaper
आफ्नो प्रतिवद्धता भुल्दै उद्घाटन र शिलान्यास मस्त र व्यस्त

संसद र दलिय वैठक छाडेर सल्यानको गाउँपालिका भवन उद्घटन गर्न जाँदै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जे बोल्छन् त्यो गर्दैनन् र जे गर्दैनन् त्यही बोल्छन् भन्नेमा धेरै नेपाली नागरिकलाई थाहा नभएको होइन। तर, उनी जति धेरै प्रतिवद्धता व्यक्त गर्छन, त्यति नै आफ्नो प्रतिवद्धता विर्सने गर्छन्।

दाहालको यो शैलीको पछिल्लो रुप हेर्न एक साता यताका उनको गतिविधि हेरे पुग्छ । २०७९ पुस ११ गते तेश्रो पटक प्रधानमन्त्री भएका दाहालले आफू अब उद्घाटन र शिलान्यासका कार्यक्रममा नजाने र सिंहदरबारमै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

तर, व्यवहार भने उनी सिंहदबारमा बिरलै भेटिन्छन् भने शिलान्यास र उद्घाटनले दिन वित्ने गरेको छ।

सरकारले संसदको बजेट अधिवेशन आव्हान गरिसकेको अवस्थामा दाहाल सिन्धुलीस्थित सुनकोशी– मरिन बहुउद्देश्य आयोजनाको सुरुङ ब्रेक थ्रु कार्यक्रममा सहभागी भए।

त्यो घटना न उद्घाटन थियो न त शिलान्यास नै त्यही पनि रातो कार्पेट हिलोमा बिछ्याएर गरिने स्वागतमा प्रधानमन्त्री दाहालको मन रमाउने गरेको छ।

सो परियोजनाको शिलान्यास डेढ वर्षअघि भएको हो भने निर्माण कार्य सम्पन्न गर्न अझै दुई वर्ष लाग्छ ।

त्यति मात्र होइन नागढुंगादेखि सिस्नेखोला जोड्ने नेपालको पहिलो सुरुङमार्ग छिचोल्ने कार्यक्रममा भाषण गर्न प्रधानमन्त्रीले समारोह नै आयोजना गरे।

२ किलोमिटर ६८८ मिटर लामो मुख्य सुरुङमार्ग छिचोल्ने क्रममा हिलोमा रातो कार्पेट र सोफामा गमबुट लगाएरै प्रधानमन्त्री दाहालले भाषण ठोके।

काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं आज शुक्रबारबाट संघीय संसदको चौथो अधिवेशन बस्दैछ।

संसदमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रतिपक्षी दलले सदन चल्न नदिएको र नदिने भनी गरेको निर्णयले प्रधानमन्त्री दाहाललाई कत्ति पनि गम्भीर बनाएको पाइँदैन ।

दलीय सहमतिको आधारमा सदन संचालनको वातावरण बनाउन प्रधानमन्त्रीको भूमिका कति महत्वपूर्ण हुन्छ भनी बताईरहनु पर्ने विषय होइन।

तर यस्तो संवेदनशिल समयमा समेत प्रधानमन्त्री दाहाल उद्घाटन गर्न पाइन्छ भने संसदकै बैठक छाड्न पनि तयार हुन्छन् भन्ने देखाएको छ।

शुक्रबार सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल जाँदैछन्। प्रधानमन्त्री दाहाल आउने भए पछि दार्मा गाउँपालिकाले त्यहाँ सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

कार्यपालिका बैठकले निर्णय गरेर सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए। पालिकामा बिदा दिन पाउने अधिकार स्थानीय सरकारलाई भएको तर्क गर्दै उनले प्रधानमन्त्री नै गाउँमा आएपछि सार्वजनिक विदा दिएको बताएका छन् ।

यस्तै पछिल्लो प्रकरणबाट बुझ्न सकिन्छ कि प्रधानमन्त्री दाहाल देशका समस्याप्रति चिन्तित छन् वा उद्घाटन गर्न नपाइएला भन्ने चिन्तामा परेका छन्? सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचार

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८१ बैशाख २८, १३: १९

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०८१ बैशाख २८, १३: १९

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...

वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
  • २०८१ बैशाख २८, १३: १९

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...