छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम – Naya Bikalpa
December 14, 2024, Saturday
शिक्षामन्त्री सुमनाको मौनता?

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला परेको छ।

एमबीबीए र बीडीएस पढ्नका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगले १० विद्यार्थीको नाम सिफारिस गरेका थियो।

बङ्गलादेश सरकारले १९ वटा एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनालाई छात्रवृत्ति दिन लागेको थियो। त्यसमा आयोगले एकीकृत प्रवेश परीक्षामा मार्फत पास भएका २२ जना विद्यार्थीको नाम सार्वजनिक गर्दै सिफारिस गरेको थियो।

आयोगको सिफारिसको आधारमा शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित बङ्गलादेशको राजदूतावासमा सूची पठाएको थियो। तर, अहिले आयोगले सिफारिस गरेका १० विद्यार्थीको नाम काटेर अर्कै व्यक्तिको नाम सूचीमा आएको भेटिएको छ।

आयोगले पठाएको सूचीभन्दा फरक नाम बङ्गलादेश सरकारले सार्वजनिक गरेपछि छनोटमा परेका विद्यार्थीहरू तनावमा परेका छन्। यही साताबाट बङ्गलादेशमा पठनपाठन सुरु हुँदैछ।

सिफारिसमा परेका विद्यार्थीको सूची नै फरक आएपछि सूचीमा परेका विद्यार्थीलाई समेत बङ्गलादेश जान रोकिएको छ।

आयोगका उपाध्यक्ष प्राडा अञ्जनी कुमार झाले आयोगले सत्कृतताको आधारमा सूची तयार पारेर शिक्षा मन्त्रालयमा बुझाएको बताए।

आफूहरूले एकीकृत प्रवेश परीक्षा मार्फत सत्कृतताको आधारमा विद्यार्थीहरूको सूची मन्त्रालयमा बुझाएको र त्यो बाहेक केही जानकारी नपाएको बताए।

बङ्गलादेशको छात्रवृत्ति सूचना नेपालको परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा आउँछ । त्यसपछि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा सेवा आयोगमा पठाउँछ।

शिक्षा मन्त्रालयका एक अधिकारीले आयोगबाट आएको सूचीलाई परराष्ट्र मन्त्रालयमा पठाइएको र परराष्ट्र मन्त्रालयले समेत सोही सूची बङ्गलादेशको दूतावासमा पठाएको दाबी गरे।

कूटनीतिक नोटका विषयमा बङ्गलादेश सरकारबाट हालसम्म कुनै प्रतिक्रिया नआएको परराष्ट्रका एक अधिकारीले बताए। यो विषयमा संसद्को शिक्षा समितिमा समेत छलफल भइरहेको छ ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ बैशाख ३०, १३: ४०

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ बैशाख ३०, १३: ४०

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ बैशाख ३०, १३: ४०

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...