काठमाडौं। कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकालको चर्चा यतिवेला नेपाल र कतारमा समेत हुन थालेको छ।
करिव २ वर्षअघि २०२२ जुलाई ६ मा कतारको लागि नेपाली राजदूतको कार्यभार सम्हाल्न पुगेका राजदूत डा.ढकालले संसदीय सुनुवाई समितिमा व्यक्त गरेका १३ वटामध्ये आठ वटा कार्ययोजना दुई वर्षमै पुरा गरेका छन्।
सम्भवत कर्णाली प्रदेशबाट विदेशस्थित नेपाली राजदूत हुने डा. ढकालले नेपालको प्रमुख श्रम गन्तव्य मुलुक कतारका अमिरको दुई दिने नेपालको मैत्रीपूर्ण भ्रमण गराएर कुटनीतिक कुसलता देखाएका हुन्।
उनले व्यक्त गरेको प्रतिवद्धतामध्ये दोश्रो नम्वरको योजनालाई संसदीय समितिका सांसदहरुले बढी नै महत्वकांक्षी योजना भएन ? भनेर आशंकासहित प्रश्न नगरेका होइनन्।
तर पनि आफ्नो योजनाप्रति प्रतिवद्ध रहेका राजदूत डा. ढकालले अरव देशहरुबाट राष्ट्र प्रमुखहरुको वितग ४७ वर्षदेखि नेपालको भ्रमण नभएकोमा कतारका अमिर शेख तमिम विन हमाद अल थानीको मैत्रीपूर्ण भ्रमण गराएर आफ्नो कुटनीतिक सफलता प्रमाणित गरेर देखाए।
सन् १९७७ देखि गणतन्त्र आउन्जेलसम्ममा कतारमा नेपालका राजाले भ्रमण गरेको देखिन्छ।
गणतन्त्रपछि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र द्वितिय राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारको भ्रमण भएको थियो। कतारबाट नेपालको उच्चस्तरीय भ्रमण भएको देखिदैन।
अमिरको यो भ्रमणले राजदूत डा. ढकालको कुटनीतिक सफलता मात्र देखाएनन कि नेपाल र नेपालीको लागि ऐतिहासिक र सुखद क्षण भएको नेपालमा चर्चा हुने गरेको छ।
उनी राजदूत भएर कतार गएपछि दोहास्थित दूतावासले दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ। जसले दूतावासकोे काम प्रभावकारी रुपमा भएको देखाएको छ।
वैदेशिक रोजगारीका लागि कतार गएका नेपाली श्रमिकको प्रमाणिकरणको काम गत साउनदेखि अनलाईन प्रणालीबाट भइरहेको छ।
कतारमा रहेका श्रमिकको श्रम समस्यादेखि झै– झगडाका घटनालाई समेत समाधान गर्न दूतावास क्रियाशिल रहेको श्रमिकहरु बताउँछन्।
नेपाली श्रमिकलाई कतारको कानूनी अवस्थाको जानकारी दिन, तनाव (टेन्सन) कम गर्ने उपाय, पासपोर्टको समस्या समाधान आदि गर्न कतारको विभिन्न ठाउँमा शिविर राख्ने कार्ययोजना अघि वढाएका छन्।
आफूलाई नियत ठीक भएका र सकारात्मक सोच भएका सहयोगी हातहरुको खाँचो रहेको बताउने राजदूत डा. ढकालले दूतावासको वारेमा नकारात्मक कुरा आएमा सुझाव दिन खुल्ला रुपमा नेपाली समूदायसँग आव्हान गरेका छन्।
नेपालमा करिव ३० वर्षसम्म प्राध्यापन पेशाका अनुभवी उनले नेपाल र नेपालीको हितको लागि काम गर्ने प्रतिवद्धता जनाउँदै नेपालीहरुको शीर झुकाउने काम कहिल्यै नगर्ने र कुनै व्यक्ति विशेषले आफूलाई प्रभावमा पार्न नसक्ने दाबी गरेका छन्।
दूतावासबाट प्रवाह गर्ने विभिन्न सेवामा देखिएका समस्या समाधान गर्न उनले दूतावासभित्रका कर्मचारी, सेवाग्राही र कतारमा रहेका नेपालीसँग नियमित भेट गर्ने गरेका छन्।
आफूले कतारमा रहेका विभिन्न संघ संस्थाहरुको कार्यक्रममा सरिक भएर धेरै नेपालीले भोगेका समस्या, चुनौति र समाधानका उपायका वारेमा जानकारी पाउन सकेको उनी वताउँछन्।
दूतावासले सेवा प्रवाह गर्दा पासपोर्ट (राहदानी)को नविकरण, श्रमिकहरुका विविध खालका समस्या, रोजगारीको पुनः स्वीकृतिका कामहरु नेपालीले भोग्दै आएका समस्या हुन्।
नेपाल र कतारबीचको सन् १९७७बाट कुटनीतिक सम्वन्ध शुरु भएदेखि दुई देशको सम्वन्धमा हालसम्म कुनै उतार चढाव आएको छैन।
अन्तराष्ट्रिय मामिलामा नेपाल र कतारबीच शान्ति स्थापना कार्य लगायतका विषयमा समान धारणा रहेको पाइन्छ।
राजदूत भएर दुई वर्षअघि कतार पुगेपछि कतारका अमिरलाई ओहोदाको प्रमाण पत्र पेश गर्ने अवसरमा उनले नेपालको राष्ट्रपतिबाट ‘सुस्वास्थ्य र दीर्घायूको कामनासहित नेपाल सरकार र नेपाली जनता तपाइँको नेपाल भ्रमण भएको देख्न चाहन्छन्’ भनेर उतिवेलै भनेका थिए।
‘अमिरले सन् २०२२ सिङ्गो देश नै विश्वकम फुटवलको तयारीमा रहेकाले २०२३ मा विचार हेरौंला’ भनेर जवाफ पाएको ढकालले बताए।
उनको निरन्तरको प्रयासपछि २०२३ को नोभेम्वर ६–मा भ्रमणको तय भएको थियो। तर, विशेष परिस्थितिका कारणले त्यसवेला भ्रमण गराउन नसकेपछि गत अप्रिल २३ र २४ मा नेपालको मैत्रीपूर्ण भ्रमण गराउन सफल भएका थिए।
नेपालमा बस्ने नेपालीहरुले समृद्ध कतार बनाउन आफ्नो इज्जत प्रतिष्ठालाई जोगाउँदै दायित्व पुरा गरेकाले कतारका जनतामा नेपालीप्रति ममता र सम्मान बढ्दै गएको राजदूत ढकाल बताउँछन्।
विश्वमै प्रतिव्यक्ति आय उच्चतम भएको देश कतारका अमिरले नेपाल भ्रमण गरेसँगै दुई देशबीच उच्चस्तीरय सहमति र सम्झौता भएका छन्।
लगानीको सुरक्षाको सम्वन्धमा नेपालले कतारसँग सम्झौता गर्न सकेमा नीजि क्षेत्र पनि लगानी गर्न सक्ने उनको विश्वास छ।
नेपालले कतारसँग आठ वटा सहमति र सम्झौता गरेको छ। दुई देशबी शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानमा समझदारी भएको छ।
नेपालले कतारसँग समझदारी गरे पनि प्राथमिकताका आयोजनाको प्रस्ताव मन्त्रालयले तयार गरी दूतावासलाई पठाउनु पर्छ।
त्यसपछि दूतावासले कतारको सम्वन्धित मन्त्रालयलाई पठाएर काम गर्छ। राजदूत ढकालले समझदारीले मात्र नहुने भएकाले सरकारले मुख्य कुरा दस्तावेज तयार पारेर दिनु पर्ने आवश्यकता औंल्याउछन्।
‘लागानीकर्ताहरु लगानीको सुरक्षा, मुनाफा स्वदेश लैजाने सहजता, अनुदान सहकयोगको उपयोग, लक्षित वर्गले उपलब्धी पाउने सुनिश्चितता खोज्दछन्’ डा. ढकाल भन्छन्।
कतारमा पुनः श्रम स्वीकृतिका लागि दूतावासलाई नेपाल सरकारले अधिकार दिए पनि शुरुमै श्रम स्वीकृति दिने अधिकार दिएको पाइँदैन।
राजदूत डा.ढकालले आगामी साउन १ गतेदेखि म्यानपावर व्यवसायीहरु दूतावास जानु नपर्ने गरी सबै डकुमेन्टहरु अनलाईनबाटै प्राप्त गर्न सक्ने गरी तयारी गरेका छन्।
गैरकानुनी रुपमा कतारमा बस्ने नेपालीहरुलाई एक पटकका लागि अवसर दिने प्रस्ताव गरेको बताए।
राहदानी नविकरणको लागि दूतावासले तीन कर्मचारीलाई एनसेलको मोबाईल फोन उपलब्ध गराएर सेवाग्राहीलाई सेवा दिइरहेका छन्।
दूतावासको सीमित श्रोत, साधन र जनशक्तिका कारण दैनिक तीन सय ५०भन्दा बढीको राहदानीको काम गर्न सक्दैनौं।
राहदानी नविकरणका लागि वेब साईटमा अपलोड भएका राहदानीको काम गर्न दूतावासका प्रथम सचिव भोजराज भुषालले नेतृत्व लिइरहेका छन्।
कुनै नेपालीको भिषा म्याद सकिन लागेको र केही समस्या परेको देखिएमा दूतावासमा आएमा तत्काल सेवा प्रवाह गर्ने गरेको उनले बताए।
कतारमा नेपालको कल्चर हाउस निर्माण गर्ने तयारीमा आफू रहेको भन्दै उनले नेपाल सरकारबाट ठोस प्रस्ताव आउन वाँकी रहेको बताए। उनले आफ्नै कार्यकालमा कल्चर हाउस स्थापना गर्ने प्रतिवद्धता जनाएका छन्।
आर्थिक अवस्था कमजोर भएका नेपालीका बालबच्चालाई दूतावासले अध्ययनको लागि सहयोग गरेको पाइन्छ।
हालै मात्र तीन जना वालवालिकालाई पढाउन सहयोग गरेको राजदूत बताउँछन्। राजदूत ढकालले कतारमा नेपालीको लागि एउटा विद्यालय खोल्ने योजना पुरा गर्ने तयारीमा लागेको बताउँछन्।
कतारमा रहेका नेपालीको आधारभूत तलव कतारी रियाद एकहजार पाँच सय (करिब ७२ हजार रुपैयाँ) रहेकोमा त्यसलाई बृद्धि गर्न आफूले पहल गरिरहेको ढकाल बताउँछन्।
राजदूत ढकालसँग संस्था दर्ताका लागि विभिन्न समूहले निवेदन दिएको भन्दै दूतावासले दर्ताको काम गर्न नमिल्ने भन्दै त्यसका लागि समाजकल्याण परिषद् वा जिल्ला प्रशासन कार्यालयमा जानु पर्ने बताउँ छन्। तर पनि पत्रकार महासंघ, आदिवासी जनजाति संघ जस्तै साझा संस्थाहरु करिव २५ वटाभन्दा बढी हुन आवश्यक नभएको ढकाल बताउँछन्।
वहालवाला मन्त्री नै उपस्थिति भएका कार्यक्रमवाहेक हरेक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी नहुने ढकालले बताएका छन्।
उनको तर्क छ ‘कतारमा रहेका तीन लाख ६५ हजार नेपालीहरुले दिनमा एक रियाद मात्रै बचत गरे भने करोडौं बचत हुन्छ। म जस्तो डेमोक्रेटिक कल्चरमा हुर्किको व्यक्तिले संस्थालाई न्युनिकरण गर्ने वा जबर्जस्ती विघटन गर्ने भन्ने होइन। विनाऔचित्व कसैलाई लिगल बन्नु छ भन्दैमा १० जना मिलेर संस्था खोलीरहनु पर्दैन । अब संस्था घटाउन प्रयास गर्नु पर्छ।’
उनले नेपाल सरकारले श्रमिक ट्रान्जिट धेरै भएका कतार जस्तै देशमा आकश्मिक कोष (इमर्जेन्सी फण्ड)को स्थापना गर्नु पर्ने आवश्यकता औंल्याए।
‘कसैलाई तत्काल उपचारको खाँचो पर्दा वा एउटा ट्याव्लेटले जीवन वाँच्ने र मर्ने अवस्थामा उपचार गर्न, काम नपाएको नेपालीलाई खानाको सहयोग गर्न कोष जरुरी छ’ उनले भने।
कुटनीतिक क्षेत्र र वकालत पेशामा समेत अनुभव हासिल गरेका डा. ढकालसँग नेपालमा रहँदा चार वर्ष अमेरिकी अन्तराष्ट्रिय सहयोग संस्था (युएसआईडी) को आरटीआई इन्टरनेसनलको एक कार्यक्रममा करिव चार वर्ष काम गरेका थिए।
राजदूतमा नियुक्त अघि डा.ढकाल कर्णाली प्रदेशका मुख्यमन्त्रीको सामाजिक सल्लाहकारको रुपमा जिम्मेवारी लिएका थिए।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...