काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावासले आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रमको सम्पन्न गरेको छ।
ललितपुर महानगरपालिका वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।
कार्यक्रममा विभिन्न राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो।
नेपालका लागि भारतीय राजदूतले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यस्तो विशेष कार्यक्रमको आयोजना गरिएको बताए।
वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए। सो अवसरमा सहभागीहरुले १५० वटा वृक्षहरु रोपेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...
धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...