
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।
माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ।
देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले सभाको विश्वास प्राप्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेताको हैसियतले पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेससँग २७ मत छ। पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र राजिप गुरुङ (दीपक मनाङे) र देवकोटासहित चार मत थपिएपछि बहुमत पुयाएका हुन्।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...