शेरबहादुर १९ माघमा आउने – Naya Bikalpa
March 29, 2024, Friday

शेरबहादुर १९ माघमा आउने

काठमाडौं । फिल्म शेरबहादुर’लाई दर्शकले माघको तेस्रो साताबाट हेर्न पाउने छन् । यो चलचित्र आगामी १९ माघबाट देशव्यापी प्रदर्शनीमा गरिने
भएको छ । यसका निर्माता गौरी शँकर धुजुले फिल्मको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।
अबकास प्राप्त एउटा सन्की सैनिकको सन्की प्रकृतिमा आधारित ‘थ्रिलर एन्ड एक्सन’ जनरामा निर्मित यो लचित्रका निर्देशक आर राजवंशीले निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा त्यो सन्की पात्र शेरबहादुरको भूमिका सुनिल थापाले निर्वाह गरेका छन् । सुनिल थापा सन्कीसँगै हक्की र खतरनाक चरित्रको भूमिकामा छन् । अहिलेसम्म राते काईँलाको नामले परिचित सुनिल थापा अब यो चलचित्र रिलिज भएपछि शेरबहादुरको नामले परिचित हुने पनि उनले दाबी गरे ।
चलचित्रको कथा पनि सन्की चरित्र शेरबहादुको वरीपरी घुमेको छ । केही समय अघि रिलिज गरिएको चलचित्रको ट्रेलर दर्शकले रुचाएका छन् । यो चलचित्रलाई छायांकार गौरीशंकर धुजु र धिराज राजवंशीले निर्माण गरेका हुन् ।
यो चलचित्र राजनीतिक नभएको पनि निर्माण पक्षले जानकारी गराएको छ । सुनिल थापासँगै कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको अभिनय छ ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ पुष २४, ०९: ३१

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ पुष २४, ०९: ३१

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ पुष २४, ०९: ३१

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...