संघीय संसद्का कर्मचारीको मात्रै तलब बढाउन नसकिने अर्थ मन्त्रालयको अडान – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

संघीय संसद्का कर्मचारीको मात्रै तलब बढाउन नसकिने अर्थ मन्त्रालयको अडान

काठमाडौं। संघीय संसद् सचिवालयका कर्मचारीहरू तलब वृद्धि र कार्यालय समयभन्दा बढी समय काम गर्दाको भत्ता माग गरेर आन्दोलन गरिरहे पनि उनीहरुको माग पुरा गर्न नसक्ने अर्थ मन्त्रालयले प्रष्ट पारेको छ।

आन्दोलित कर्मचारीहरूले ११ बुँदे माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाए पनि अर्थ मन्त्रालयका अधिकारीहरूले सचिवालयका मात्र कर्मचारकिो तलब बढाउन तत्काल सम्भव नरहेको जवाफ पठाइएका हुन्।

अर्थ मन्त्रालय स्रोतअनुसार तलब बढाउन नसकिने सन्देश अर्थले संसद्का पदाधिकारीहरूलाई पठाइ सकेको छ।

कर्मचारीहरूको मागका सम्बन्धमा सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसँग छलफल समेत गरेका थिए।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८१ असार ३, १८: ४२

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८१ असार ३, १८: ४२

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
  • २०८१ असार ३, १८: ४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक...