काठमाडौं। संघीय संसद् सचिवालयका कर्मचारीहरू तलब वृद्धि र कार्यालय समयभन्दा बढी समय काम गर्दाको भत्ता माग गरेर आन्दोलन गरिरहे पनि उनीहरुको माग पुरा गर्न नसक्ने अर्थ मन्त्रालयले प्रष्ट पारेको छ।
आन्दोलित कर्मचारीहरूले ११ बुँदे माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाए पनि अर्थ मन्त्रालयका अधिकारीहरूले सचिवालयका मात्र कर्मचारकिो तलब बढाउन तत्काल सम्भव नरहेको जवाफ पठाइएका हुन्।
अर्थ मन्त्रालय स्रोतअनुसार तलब बढाउन नसकिने सन्देश अर्थले संसद्का पदाधिकारीहरूलाई पठाइ सकेको छ।
कर्मचारीहरूको मागका सम्बन्धमा सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसँग छलफल समेत गरेका थिए।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...
गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...
काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...