
नयाँ विकल्प
काठमाडाैं– नेपाली कांग्रसकी नेतृ सुवर्ण ज्वारचनले संसद सदस्यकाे पदको गोपनियताको शपथ लिएकी छन् ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका परमानन्द नगरकी ज्वारचनलाइ आइतबार सभामुख अग्नि सापकोटाले शपथ ग्रहण गराएका हुन् ।
बाग्लुङकी कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त समानुपातिक पदमा कांग्रेसले ज्वारचनलाई सांसदका लागि सिफारीस गरेकाे थियो ।
समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते काठमाडौंको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको थियो ।
सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम रहेको थियो।
ज्वारचन गुल्मीबाठ नेपाली कांग्रसकाे संसदकाे प्रतिनिधित्व गर्ने एकमात्र सभासद समेत बनेकी छन ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...