
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको गरिमालाई अवमुल्यन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद मिलाउने भूमिमा लाग्नु खेदजनक कार्य भएको कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले बताएका छन् ।
सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भण्डारीले राष्ट्रपति पदको गरिमालाई अबमुल्यन गर्दै नेकपाका दुई अध्यक्षलाई राष्ट्रपति निवास शितल निवासमा बोलाएर नेकपा भित्रको विवाद मिलाउने कार्य खेदजनक भएको बताएका छन् । उनले राष्ट्रपतिको यस किसिमको कदमले राष्ट्रपति जस्तो गरिमामय संस्था माथि नै प्रश्न चिन्ह उब्जिन पुगेको आरोप लगाएका छन् ।

गृह जिल्ला तनहुँ गएका नेता भण्डारीले नेपाललाई तत्काल हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहेको धर्मनिरपेक्ष मुलुकको पहिचान परिवर्तन गर्न पनि माग गरेका छन् ।
व्यास नगरपालिका वडा–१० स्थित दुम्सी भतेरीमा निर्माण गर्न लागिएको गौमाता संरक्षण केन्द्रको ट्रष्ट भवन शिलान्यास समारोहमा पूर्वमन्त्री समेत रहेका भण्डारीले हिन्दू धर्मको पहिचान मेटाएर नेपालको अस्तित्व समाप्त पार्ने खेल भईरहेको आरोप समेत लगाए ।
नेपाल हिन्दू धर्मको आस्था केन्द्र भएको हुँदा पनि हिन्दू राष्ट्र घोषणा गर्न ढिलाई गर्न गर्न नहुने भण्डारीको भनाई थियो ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...