विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस – Naya Bikalpa
December 7, 2024, Saturday

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि भएका उद्धारका प्रयासबाट प्रष्ट हुन्छ।

नेपालको हवाई सेवा कमजोर रहेको भन्दै युरोपका देशहरुले नेपालमा संचालिन एयरलाइन्स र यहाँबाट सिधा युरोपेली मुलुकमा उडान भर्न प्रतिवन्ध लाएको पनि एक दशक बढी भइसक्यो।

हवाई सुरक्षा चुस्त दुरुष्त नभएको भनी युरोपेली युनियनलाई उदाहरण देखाउन बुधबारको घटना अब राम्रै मसला हुने देखिन्छ।

इन्जिनको मर्मतका लागि भनेर पोखरा लैजाने जहाजमा १७ जना कर्मचारीलाईु बोक्नु कति जायज थियो? त्यसको छानबिन होला नै।

अनि दुर्घटनामा परेको जहाजको आगो नियन्त्रण र उद्धारका लागि भएका प्रयासमा देखिएको भद्धापन र ढिलासुस्तीलाई पनि कमजोरीको रुपमा लिन सकिन्छ।

सौर्य एयरलाइन्सको जहाज ११बजेर ११ मिनेटमा दुर्घटना भएको दृष्य आमनेपालीले दुई, चार मिनेटमा थाहा पाए भने एयरपोर्टमा यात्राको प्रतिक्षामा रहेका यात्रु र कर्मचारीहरुले तत्कालै थाहा पाए ।

नेपाल प्रहरीले पनि त्यही ११ बजेर १५ मा दुर्घटनाका बारेमा जानकारी पाएको बताईन्छ। जवकि हजारौं सर्वसाधरणले दुर्घटना हुँदै गरेको र विमानमा आगो लागेको तत्कालै समाजिक सञ्जालबाट देखेर थाहा पाएका थिए।

विमान दुर्घटना हुनासाथ अग्नि नियन्त्रण तथा खोज तथा उद्धारका लागि विमानस्थबाट दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको टोली दुर्घटनास्थल एयरपोर्टकै परिषरमा पुग्न २३ मिनेट लागेको तथ्य धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर सत्य त्यही हो।

धावनमार्गको पूर्वी भागमा घोप्टिदै झरेको प्लेनले एयर डाइनेष्टिका कर्मचारी बसिरहेको एउटा कन्टेनरलाई ठक्कर दिएर आगो लागेको १९ मिनेटमा मात्र घाईते पाईलट मनिषराज शाक्यको उद्धार गरिएको थियो।

विमानस्थल सुरक्षार्थ नेपाली सेनाले २४ घण्टा हरेक निश्चित दूरीमा पोष्ट बनाएरै खटाएको हुन्छ। त्यसका अतिरिक्त नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरीले पनि त्यो दुर्घटनाको दृष्य देख्ने र सूचना नपाउने कुरै हुन्न।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटियो। त्यसवेला सम्म जहाजमा दन्किएको आगोले जहाजमा सवार सबैजसोको प्राण लिइ सकेको थियो ।

कन्टेनरमा बजारिएको जहाजबाट भाग्यवस उछिटिएका क्याप्टेन शाक्य घाईते अवस्थामा उद्धारको लागि १९ मिनेट प्रतिक्षा गर्नु पर्यो।

३७ वर्षीय मनिष शाक्यको उद्धार गरिए पनि अग्नी नियन्त्रकसहितको दमकल घटनास्थल पुग्न २० मिनेट लागेको थियो।

११ः११ मा खसेको विमानमा ११ः४० सम्म आगलागी भएको थियो। प्रहरी अनुसार २९ मिनेटसम्म विमानमा आगो लागेको थियो।

विमानस्थलको सुरक्षाका लागि अग्नि नियन्त्रण टोली र नेपाली सेनाको क्यूआरटी टोली चौबीसै घण्टा नै तयारी अवस्थामा हुन्छन्। तर उनीहरुको तयारी अवस्था पनि बुधबार राम्रैसँग देखियो।

प्रहरीका अनुसार उद्धार टोलीले जलेको विमानबाट १२ः३० मा तीनजना गम्भीर अवस्थामा रहेका व्यक्तिहरु निकालेको थियो। तर १२ः३९ मै तीन जनालाईसमेत चिकित्सकले मृत घोषणा गरेका थिए।

अग्निी नियन्त्रण टोली र उद्धार टोलीले १२ः४५ मा मात्र जहाजमा लागेको आगो नियन्त्रणमा लिएर १५ जनाक शव निकालेको हो। अब यहाँ प्रश्न उठ्छ कि २४ घण्टा खटिएको तत्काल रेस्क्यु गर्ने टोलीलाई विमानस्थल परिसरमा भएको दुर्घटना वा विपतस्थल पुग्न १९ मिनेट नै समय लाग्ने हो?

नेपाल प्रहरीले महानगरिय प्रहरी आयुक्तको कार्यालय स्थापना गर्दा घटना भएको १५ मिनेटमा प्रहरीको क्युराटी (क्विक रेस्पोन्स टिम) पुग्छ भनिएको थियो । तर विमानस्थल परिषरकै घटनास्थलमा सेनाकै क्युराटी पुग्न सकेन। यसले नेपालको हावाईस्थलको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ।

भीआईपीको लस्करले उद्धारमा सकस

विमान दुर्घटनापछि त्रिभुवन विमानस्थलमा भीआईपीको लस्करले घटनास्थलमा उद्धारको लागि भन्दा धेरै सुरक्षाकर्मी नेपाल प्रहरीले भिआईपीको सुरक्षाका लागि खटाउनु पर्यो।

उद्धारका खटिएका उद्धार टोलीबाहेक घटनास्थलमा तत्काल सर्वसाधरण त के भीआईपी जानुलाई सुरक्षाको दृष्टिकोण र व्यवहारले समेत अनुचित मानिन्छ।

नेपालमा भने सुरक्षा निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुभन्दा पहिले नै भीआईपीको लस्कर देखियो। उद्धारमा खटिएका सुरक्षा टोलीलाई भीआईपीको आगमनले बुधबार पनि निकै पिरोल्यो।

जहाजमा लागेको आगो नियन्त्रणमा आउँदै गर्दा, मृतकको शब संकलन गरी पोष्टमार्टमको लागि लैजाँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, मुख्यसचिव लीलादेवी गड्तौला, प्रधान सेनापति, प्रहरी महानिरिक्षकहरु दुर्घटनास्थलमै पुगेका थिए।

 

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ श्रावण ९, १७: ५४

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ श्रावण ९, १७: ५४

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ श्रावण ९, १७: ५४

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...