कतार । दोहा, कतारस्थित नेपाली समुदायहरुको माझमा रहेर सामाजिक गतिविधि गर्दै आएको कास्की आदर्श समाजको २२ औं स्थापना दिवस तथा आदर्श सन्देश स्मारिका अंक दुईको एक समारोहबीच विमोचन गरेको छ । वैदेशिक रोजगार र मानव संसाधनको क्षेत्रमा मानवीय व्यबहार हुनुपर्ने र राज्यले देशका नागरिकलाई श्रमिक बनाएर श्रम निर्यात गरी रेमिटेन्स भित्र्याउनु भन्दा देशभित्रै पर्यटनलगायत विभिन्न क्षेत्रमा रोजगारीको सिर्जना गरी युवा जमातलाई विदेशिनुबाट रोक्न सकेमा देशको विकास हुने तर्फ विभिन्न देशमा गएका युवाहरुको रहेको पाइएको छ ।
जसअनुसार कास्की आदर्श समाज कतारले नेपाली समाजमा खेलेको भूमिका अतुलनीय रहेको छ । विमोचित पुस्तकमा कास्कीको सुन्दरता पर्यटक शहर पोखरालाई चिनाउन विशेष महत्व रहेको सहभागीहरुको रहेको छ । विश्वमा पोखराको सुन्दरताको चर्चा जति सुनिनिन्छ त्यति नेपाल सरकारले पोखराको पर्यटन बिकासमा ध्यान दिन नसकेको समाजको धारणा रहेको छ । कास्कीलाई पर्यटकीय विकासमा सरकारले ध्यान दिएको भए कास्की वासी विदेशिनु नपर्ने कार्यक्रममा आमन्त्रित वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रमको उद्घाटन कतारस्थित नेपाली दुतावासका प्रथम सचिव, कुसल प्रसाशक कृष्ण सुबेदी (कृषु छेत्री) ले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिको मन्तव्यमा वोल्दै प्रथम सचिव सुवेदीले कास्की आदर्शले आज विमोचन गरेको स्मारिका संस्थाको एउटा दस्तावेज भएको र विमोचित स्मारिकामार्फत धेरै महत्वपूर्ण बिषयलाई पुस्तकमा समावेस गर्न सकेकोमा धन्यवाद समेत दिएका थिए । संस्थाका गतिविधी, कतारका अमिरको नेपाल भ्रमण, स्मारिकामा बिभिन्न्न भाषाभाषिलाई महत्वका साथ समावेश गर्नु, संस्थामा आवद्ध सदस्यहरुका जेष्ठ नागरिकहरु जो यस लोकलाई छोडेर परलोक पुगी सक्नुभयो उनीहरुको साँझना गरिनुले स्मारिकाले गरिमा बढाएको महसुस भएको छ ।
त्यस्तै उनले भने यसभित्र समावेस लेखहरुले स्वदेशमै प्रयास गरे के हुन्न भन्ने खालका प्रेरणादायी लेख रचना समावेश गर्नु आफैमा राम्रो पक्ष हो । सामाजिक संघ संस्थाले सबैले सामाजिक भावले उत्प्रेरित भई काम गरे प्रवास होस् या स्वदेसमा भैपरी आउने समस्याको समाधानमा महत्वपूर्ण योग्दान हुन सक्ने उनको तर्क रहेको छ ।
कास्की आदर्शका बिभिन्न गतिविधिलाई नजिकवाट निहाल्दा संस्थाले सामाजिक परिवेसमा रहेर राम्रो काम गरेको छ भन्ने समग्र दुतावास र आएको मुल्याङ्कन रहेको बताएका थिए ।
संस्थाको २२ औं स्थापना दिवसको अबसरमा संस्थाको थप उत्तर उत्तर प्रगतिको कामना गर्दै आफुले घुमेका ३७ वटा राष्ट्रमा पोखरा नचिन्ने कोही छैनन् र पोखराजस्तो प्राकृतिक सुन्दर शहर अर्को छैन त्यहाँको पर्यटकको बिकास र विस्तारमा राज्यले थप लगानी गर्न सके स्वदेशमै रोजगारीको सिर्जना हुन सक्ने कुरामा उनले जोड दिएका थिए ।
स्मारिकाको विमोदन समारोहमा बोल्दै विमोचित पुस्तकका सल्लाकार एंव कास्की आदर्श समाजका संरक्षक विमल सुवेदीले पोखराको सुन्दरताको व्याख्या गर्दै विश्वमा कंही पनि नदेखिने सूर्याेदय, सुर्य अस्त, हिमाल ताल्मा डुबुल्की मारेको मनोरम दृश्य पोखरामा देख्न पाहिन्छ भन्दै बिमोचित पुस्तकमा पोखराको सुन्दरता राष्ट्रिय झन्डालाई एउटै पेजमा झल्काउन सकिएको छ यसलाई निहालेर हेर्नु हुन अनुरोध समेत गरेका थिए । यसमा समेटिएका विषय तथा छुटेका बिषयका सम्वन्धमा समीक्षक तथा वक्ताहरुले उठाएका विषयमा उनले स्पस्ट समेत गरे । प्राप्त सुझावका आधारमा आगामी अंकमा कमिकमजोरी न्युन गर्दै थप सुधारतर्फ लैजाने प्रतिबद्धता जाहेर गरे ।
पुस्तकको समिक्षा गर्दै कवि तथा साहित्यकार प्रेम प्रसाद भट्टराईले कास्की आदर्श समाजले प्रकाशनमा ल्याएको आदर्श स्मारिकाले धेरै कुरा समेटेको तर यसमा समावेश सामग्रीहरुको शुद्धाशुद्धीमा ध्यान दिनुपर्ने कतारमा धेरै कम मात्रामा स्मारिका प्रकाशन हुन्छन् त्यस्ता प्रकाशनहरुमा यो स्मारिका उत्कृष्ट रहेको धारणा राखे । स्मारिकामा समावेस साहित्यलाई मीठो शैलीमा सटिक वाचन सहीत टिप्पणी गरे ।
उक्त कार्यक्रमका विशेष अतिथि एवं संस्थापक सचिव हंस राज ढकालले स्मारिकामा धेरै कुरा समेटिएको भए पनि यसमा अझै गर्न सकिन्थ्यो भन्ने कुरा औंल्याए । पुर्वअध्यक्ष एंव संस्थाका संरक्षक आसबहादुर गुरुङ्ले संस्थाले ल्याएको स्मारिका प्रकाशनबाट संस्थाका गतिविधीलाई दस्तावेजीकरण गरेर प्रशंसनीय कार्य गरेको बताए । संस्थाका पुर्व अधक्ष्य ध्रुवराज अधिकारीले प्रकाशन कार्यको प्रशंसा गरे ।
बिशेष अतिथिको रुपमा जनसंपर्क समिती कतारका कोषाध्यक्ष केदार शर्मा (चन्द्रकान्त), प्रवासी नेपाली मन्च का उपाध्यक्ष भिम तरामु मगर, कतार नेपाल एकात समाजका कोषाध्यक्ष चेतन वन्जाडे र अन्तरास्ट्रिय नेपाली एकता समाज कतरका अध्यक्ष राजा राम शाही, महिला समाजकी अध्यक्ष माया केसी, नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष ढाकाराम पौडेल (अर्जुन), सामाजिक ब्यक्तित्व हरुको तर्फ बाट सामाजिक ब्यक्तित्व केदार भुसाल, मदेस प्रदेस सचिव तेजिलाल मन्डल, गण्डकी प्रदेश अध्यक्ष्य सागर पौडेल, जिल्ला संघ संस्थाको तर्फवाट मोना कतार काअध्यक्ष राजु पौडेल लगायत सवैले कास्कीको भन्दा सुन्दर पोखराको व्याख्या गर्दै बिमोचित स्मारिका उत्कृष्ट रहेको र संस्थाले दोहा समाजमा निरन्तर अग्रणी रुपमा सकृय भूमिका खेलेको कुरालाई प्रसंसा गर्दै स्थापना दिवसको शुभकामना ब्यक्त गरे ।
त्यस्तै, अन्तर्राष्ट्रिय मुस्लिम संघका शेख हनिफले पनि स्मारिका प्रकाशन तथा संस्थाको २२ आंै स्थापना दिसवको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
विमोचित पुस्तकका सचिव रेसम बस्नेतले पुस्तक प्रकाशन मा भएको समस्या र गरेका गतिविधिको व्याख्या गरेका थिए भने सम्पादक मन प्रसाद रानाको अनुपास्थितिमा उनको लिखित भनाइ संस्थाका सचिव कार्यक्रम सञ्चालक बिष्णु तिमल्सिनाले पढेर सनाएका थिए ।
कार्यक्रममा सांस्कृतिकतर्फ तमु गुरुङ समाज र तमु पेले सँघका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने फेवा संस्कृतिक परिवारका तर्फबाट पोखरा सेरोफेरोमा गाइने भाकालाई लाइभ म्युजिकमार्फत गाइएको थियो । यस कार्यमा रेसम बस्नेत, महेश तमाङ, सुनारलगायतका बाद्यवाधक र विभिन्न गायक÷गायिकाहरुले साथ दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापतिले सबैलाई धन्यवाद दिँदै समाजका अध्यक्ष अग्निधर देवकोटाले संस्थाले गरेका तमाम सामाजिक एवं परोपकारी गतिबिधिहरु लिपिबद्ध गरी सबैका सामु ल्याउने र दस्तावेजका रुपमा आउने बताए । नयाँ पिंढीलाई पनि जानकारी गराउने उद्देश्यले कास्की आदर्श समाज कतारले “आदर्श संदेश–२ प्रकाशन गरेको हो । स्मारिका प्रकाशन गर्नका लागि सर– सल्लाह, सुझाब दिनुहुने र लेख रचना उपलब्ध गराई स्मारिकामा शुभकामना शन्देश दिएर स्मारिका आदर्श संदेश –२ लाई ओझिलो पारिदिने गण्डकी प्रदेश मुख्यमन्त्री, नेपाली राजदुतावास कतार, पोखरा महानगरपालिका प्रमुख, अन्नपुर्ण, मादी, रुपा, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ, गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार, कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद, नेपाल, कास्की आदर्श समाज दुबईलाई हार्दिक धन्यबाद दिएका थिए, त्यस्तै स्मारिकामा विज्ञापन शुभकामना उपलब्ध गराएर आर्थिक पाटोमा सहयोग गर्ने पुर्ण पोखरिया, फेमली ईन्टरप्राइजेज प्रालि परिवारका, प्रोप्राइटर नबिन पौडेललगायात सम्पूर्ण विज्ञापन दाताहरुलाई धन्यबाद एवं उनीकोे ब्यबसायिक सफलताको लागि शुभकामना समेत दिएका थिए, स्मारिका प्रकाशनका लागि शुभकामना संदेश दिनुहुने विभिन्न सामाजिक, बैचारिक जातिगत संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ताहरु, कास्की जिल्ला का बिदेशस्थित भगिनी संस्थाहरु, आशबहादुर गुरुङ, केशु गुरुङ, केदार भण्डारीलगाएत सम्पूर्णलाई धन्यवाद एवं आभार प्रकट गरेका थिए । यस प्रकाशनलाई सजिलो पार्न विशेष समितिमा रहेका मन प्रसाद रानामगर, बिमल सुबेदी, रेसम बस्नेत र नबिन पौडेल लगायात प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सस्थाका अग्रज, संस्थाका संरक्षक संयोजक, संरक्षक, सल्लाहकार प्रमुख, सल्लाहकार सदस्यहरु, सस्थाका सस्थापकहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति आभार गरिएको थियो ।
कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफल पार्नको लागि अहोरात्र खट्ने सम्पुर्ण हाम्रो यस कार्यक्रममा सस्कृतिक प्रस्तुती दिएर मनोरञ्जन दिने सम्पूर्ण कलाकार, कलाकार उपलब्ध गराउनु हुने तमु पेलु संघका अध्यक्ष, फेवा सांस्कृतिक परिवार, कार्यक्रम सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु प्रति आभार सहित धन्यवाद दिएको थियो ।
उक्त विशेष कार्यक्रममा स्मारिकालाई लेख, रचना तथा विज्ञापन दिनेहरुलाई सबै संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि तथा समीक्षकलाई दोसल्ला तथा मायाको चिनोले प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव बिष्णु प्रसाद तिमल्सिनाले गरेका थिए भने स्वागत मन्तब्य संस्थाका वरिष्ठ उपाध्यक्ष सुरज राना भाटले गरेका थिए ।
कार्यक्रमको उद्घाटन पानसमा वती बाली प्रमुख अतिथि र संस्थापकहरुबाट केक काटेर गरिएको थियो । विशेस अतिथी अतिथि दोहामा रहेका विभिन्न सामाजिक संघ संस्थाका अगुवा वैचारिक सामाजिक व्यक्तित्व तथा जिल्ला संघ संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...