
काठमाडौं । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको दुई साताअघि बसेको बैठकको निर्णय विपरित पार्टीका विभिन्न विभागहरु गठन गर्दै पद वाँड्न थालेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको असार २२ गतेको बैठकले पार्टीको १४ औं महाधिवेशन कार्यतालिकामा कुनै हेरिफेर नगरी अन्य तहको अधिवेशन र सदस्यता वितरण कार्यतालिका मात्र परिवर्तन गर्ने निर्णय गरेको थियो ।
पार्टीले असार २५ देखि साउन मसान्तसम्मलाई क्रियाशिल सदस्यता वितरण र नविकरण गर्ने भनी निर्णय गरेको थियो । साउन १० गते भित्र पार्टीका सबै तहको अन्तरिम संरचनालाई पूर्णता दिने निर्णय समेत गरेको थियो ।
तर, महाधिवेशनको कार्यतालिका र महत्वपूर्ण एजेण्डालाई छाडेर पार्टी सभपाति देउवाले सोमबार पार्टीको महिला विभाग गठन गरेका छन् ।
विधान बमोजिम २ महिना भित्र गठन गर्नु पर्ने विभाग चार वर्षपछि गठन गरेका देउवाले संयोजक तोकेको झण्डै पाँच महिनापछि पार्टीको महिला विभाग गठन गरेका हुन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधानको धारा २५ (९) बमोजिम महिला विभागको प्रमुखमा नियुक्त भएकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने नेतृत्वलाई पूर्णता दिन एक जना सचिव ३७ जनालाई सदस्यमा मनोनित गरेका छन् ।
विभागको सचिवमा नेविसंघकी चर्चित महिला नेतृ सुश्री लक्ष्मी खतिवडालाई सदस्य सचिवमा नियुक्त गरिएको छ भने पूर्वसांसद शारदा पौडेल महिला नेतृ पुष्पलता लामा, महिला नेतृ अनरा बस्नेत र विद्यार्थी नेतृ कृष्णकुमारी बस्नेतलाई सदस्यमा चयन गरिएको छ । कृष्णकुमारी युवा नेता गगन थापा निकटकी हुन् ।
विभागको अन्य सदस्यहरुमा अम्विका न्यौपाने गोरखा, ईन्दिरा कोईराला काठमाण्डौ, कल्पना केसी कञ्चनपुर, खगेश्वरा आचार्य सुर्खेत, खगेश्वरी भण्डारी स्याङ्गजा, खगेश्वरी शर्मा बागलुङ्ग, गुणलक्ष्मी ज्ञवाली कपिलवस्तु, जन्नतुन निशा धुनियाँ रुपन्देही,टिका कुमारी बुढा थापा मगर रोल्पा र ठाकुर कुमारी पौडेल चितवन रहेका छन् ।
अन्य सदस्यहरुमा दुर्गादेवी महतो पर्षा, धनलक्ष्मी श्रेष्ठ प्युठान, धनसिला मल्ल मुगु, नगिना यादव महोत्तरी,नारुदेवि ओझा डडेल्धुरा, निर्मला खड्का दैलेख, पार्वति यादव मोरङ्ग, प्रेम कुमारी तामाङ्ग चितवन,मनोरमा शेरचन रुपन्देही ममता तामाङ्गु सुनसरी, यशोदा चालिसे सर्लाही, रमादेवी न्यौपाने डोल्पा, राधिका सिंह बाजुरा, रीता चौधरी, कैलाली र रेखा गुरुङ्ग पर्वत रहेका छन् ।
त्यस्तै, ललिता सुनार कैलाली, लालीमाया तामाङ्ग नुवाकोट, शकुन्तला त्रिपाठी रामेछाप, शर्मिला श्रेष्ठ मकवानपुर, शुशिला थापा दाङ्ग, शुशिला यादव सप्तरी, संगिता चौधरी बाँके र सावित्री गुरुङ्ग पाँचथर रहेका छन् ।
३९ सदस्यीय विभाग गठन गर्दा दलित महिला एक जनालाई पनि समावेस गरिएको छैन । झापा, सिरहा, बारा, नवलपरासी, जस्ता ठूला जिल्लाबाट एक जनालाई पनि प्रतिनिधित्व गराइएको छैन । यस्तै दोश्रो ठूलो प्रदेश १ र सबैभन्दा सानो प्रदेश कर्णालीबाट समान ४, ४ जनालाई मात्र प्रतिनिधित्व गराइएको छ ।
काठमाडौंबाट सबैभन्दा धेरै तीन जना, चितवनबाट २ जना, रुपन्देहीबाट २ जना र सुनसरीबाट २ जनालाई विभागमा समावेस गरिएको छ ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...