
काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित नेपाली जनसम्पर्क समितिले पाँच वटा विभाग गठन गरी सल्लाकार समिति विस्तार गर्ने निर्णय गरेको छ ।
समितिका सभापति धनन्जयनरसिंह केसीको सभापतित्वमा आइतबार बसेको भर्चुअल बैठकले अमेरिकास्थित विभिन्न च्याप्टर गठन तथा कार्यसमिति र सल्लाहकार समिति विस्तार गर्ने निर्णय गरेको हो ।
च्याप्टर, कार्यसमिति र सल्लाहकार समिति विस्तारका लागि संयोजक केसीसहित, विष्णु सुवेदी, कृष्ण लामिछाने, भक्त थापा, मिंगमार शेर्पा, सुभाष घिमिरे र प्रमोद सिटौला सम्मिलित समिति गठन गर्ने र उक्त समितिले सल्लाह गरी कार्यसमितिको आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले अनुशासन विभागको संयोजकमा मुक्तिनाथ पन्त, सदस्यमा सुरेश हमाल (वेग) र अर्जुन बमलाई चयन गरेको छ । संचार विभागको संयोजकमा अनन्तराज सुवेदी रहेका छन् । ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्ने जिम्मेवारी संयोजकलाई तोकिएको छ ।
संगठन विभागको संयोजकमा आङछिरिङ शेर्पा, सचिवमा संगीता सेन्चुरी र वाँकी ७ जनालाई चयन गरी संयोजकले कार्यसमिति बैठकमा पेश गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, युवा सशक्तिकरण विभागको संयोजकमा अनुप अधिकारीलाई नियुक्त गरिएको छ । ९ सदस्यीय समिति बनाई आगामी बैठकमा पेश गर्ने जिम्मेवारी संयोजकलाई दिइएको छ ।
प्रशिक्षण विभाग संयोजकको जिम्मेवारी खड्ग उप्रेतीलाई दिईएको छ । उनलाई पनि ९ सदस्यीय समिति बनाई कार्यसमितिको आगामी बैठकमा पेश गर्न जिम्मेवारी दिइएको छ ।
बैठकले हाल सियाटल निवासी डिल्लीबहादुर भण्डारीलाई कार्यसमितिको सल्लाहकार नियुक्त गर्ने र वीपी स्मृति दिवश मनाउने निर्णय भएको जनसम्पर्क समिति अमेरिकाका महासचिव सुभाष घिमिरेले जनाए ।
सल्लाहकार समितिका सदस्यद्वय विष्णु सुवेदी र कृष्ण लामिछानेलाई सल्लाहकार समितिलाई पूर्णता दिन सम्पूर्ण निर्णय गरी दुई दिनभित्र समितिलाई जानकारी दिने निर्णय गरिएको छ ।
जनसम्पर्क समितिको सम्पूर्ण जानकारी दिन धनन्जयनरसिंह केसी, विष्णु सुवेदी, कृष्ण लामिछाने, मिङगमार शेर्पा, ईश्वर सापकोटा, प्रतिक पाण्डे, सुभाष घिमिरे र प्रमोद सिटौलाको समूहले अमेरिकाको न्युयोर्क समय अनुसार जुलाई २४ तारिख अर्थात आगामी शुक्रबार साउन ९ गते संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि...