अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा – Naya Bikalpa
February 9, 2025, Sunday

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी मुलुकहरुमा मंकीपक्स (एमपक्स)को संक्रमण बढेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

पहिलो मंकीपक्स भनेर चिनिने अत्यधिक संक्रामक रोग एमपक्सका कारण कंगोमा चार सय ५० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अहिले यो संक्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको छ । वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट तीव्र फैलिरहेको र यसको उच्च मृत्युदरलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन् ।

कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानूनअनुसार आपतकाल घोषणा गर्छ ।

मंकीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् र यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ श्रावण ३१, ०८: ४५

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ श्रावण ३१, ०८: ४५

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ श्रावण ३१, ०८: ४५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...