नेपालले हिँड्ने मूलबाटो बीपीकै बिचार भएको देउवाको भनाई – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

नेपालले हिँड्ने मूलबाटो बीपीकै बिचार भएको देउवाको भनाई

कांग्रेसका सभपाति शेरबहादुर देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले नेपालले आज हिंड्ने मुल बाटो वीपी कै विचार र विश्वासको बाटो भएको बताएका छन् ।

बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा पार्टीको सूचना, संचार तथा प्चार विभागले आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने ‘बीपीको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामी सबैले सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौं ।’

देउवाले वीपी कोइराला सानो देशको अग्लो ब्यक्तित्व भएको दूरदर्शी राजनेता भएको जनाउँदै प्रजातान्त्रिक समाजवादको उनको विचार आज झनै सान्दर्भिक भएको बताए।

राष्ट्रमाथि संकट आउँदा आफ्नो जीवनलाई चुनौतिमा राखेर २०३३ सालमा वीपी स्वदेश फर्किएको सन्दर्भ केलाउँदै सभापति देउवाले आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भई रहेका बेला वीपिको विचार र विश्लेषणकै माध्यमबाट राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनु पर्नेमा जोड दिए ।

साहित्यमा वीपीको ब्यक्तित्व फरक तर अग्रणी साहित्यकारको रुपमा देखिएको भन्दै देउवाले वीपी मनोबैज्ञानिक कथा लेखनमा बेजोड भएको जनाए ।

कार्यक्रममा समाजवादी चिन्तक तथा केन्द्रीय सदस्य प्रदीप गिरीले बीपीको बहुआयामिक व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७७ श्रावण ६, १७: ०१

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७७ श्रावण ६, १७: ०१

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

पूर्वमन्त्री अफताव आलमको निधन
पूर्वमन्त्री अफताव आलमको निधन
  • २०७७ श्रावण ६, १७: ०१

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि...