
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा शनिबार विहान ९ बजेका लागि बैठक बोलाइएको छ। भदौ १६ गते बस्ने केन्द्रीय समिति अघि महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन्।
सभापति देउवाले मंगलबार र विहीबार (आज) दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए।
थापाको चुनावी तालमेल नगर्ने र महाधिवेशन कार्यतालिका तत्काल निर्धारण गर्नु पर्ने र शर्माको एक्जिट पोलिसीको विषयमा सहमति जुट्न सकेको छैन।
‘मुख्यत तीन एजेण्डामा दुई दिन छलफलमा भए पनि आफ्नो अडानबाट दुई महामन्त्री पछि नहटेपछि छलफल विनानिष्कर्ष टुंगिएको हो’ स्रोतले भन्यो।
महामन्त्र िथापाले भने पार्टी सभापतिसँगको छलफल सहमति नजिक पुगेको भन्दै थप छलफलको लागि पूर्वपदाधिकारी र पदाधिकारीसँग छलफल गर्न लागिएको बताए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...