अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु – Naya Bikalpa
December 14, 2024, Saturday

अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको जर्जियाको एक विद्यालयमा गोली चल्दा २ शिक्षक र २ विद्यार्थी गरी ४ जनाको मृत्यु भएको छ । १४ वर्षीय बालकले विद्यालय हाताभित्र गोलीप्रहार गरेको अधिकारीहरूले जनाएका छन् ।

गोली लागेर शिक्षक क्रिस्टिना इरिमी र रिचर्ड एस्पिनवाल र १४ वर्षीय विद्यार्थी मेसन शेर्मरहोर्न र क्रिस्चियन एन्जेलोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेर ९ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

स्कुलमा गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रे रहेको त्यहाँको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएको छ । उनले प्रयोग गरेको बन्दुक ‘एआर-प्लेटफर्म शैलीको हतियार’ भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ भाद्र २०, ०८: ४९

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ भाद्र २०, ०८: ४९

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ भाद्र २०, ०८: ४९

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...