
काठमाडौं : पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर ९ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेका हुन् ।
पूजा घरमा पुगेर प्रसादका रूपमा सब्जी, रोटी अचार खाएका सबै बिरामी परेको अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भीष्म मिश्रले जानकारी दिए । बिरामीहरूको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।
बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...