चलचित्र निर्माता ज्योतिराजको परिवारद्वारा अन्तर्राष्ट्रिय गोल्डकपलाई ८ लाखको ट्रफी प्रदान – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

चलचित्र निर्माता ज्योतिराजको परिवारद्वारा अन्तर्राष्ट्रिय गोल्डकपलाई ८ लाखको ट्रफी प्रदान

बेलबारी (मोरङ)। आगामी असोज ११देखि १९ गतेसम्म बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताकोमा आठ लाख रुपैयाँ बराबरको ट्रफी प्रदान गरिने भएको छ।

प्रतियोगिताका बिजेताका लागि प्रदान गरिने सो ट्रफी आइतबार सार्वजनिक गरिएको हो।

आयोजक एलएक्ससिटी फुटबल क्लब (लक्ष्मीमार्ग)ले बेलबारी नगरको सभाहलमा आइतबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको सो ट्रफी सार्वजनिक गरेको हो।

उक्त ट्रफी नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक तथा चलचित्र निर्माता ज्योतिराज राईले पत्रकार सम्मेलनमा आयोजकलाई हस्तान्तरण गरेका हुन्।

अढाई किलो चाँदीमा दुई तोला सुन जडित गोल्डकप ट्रफी राईका पीता स्वर्गीय मेजर एनबी रुङमाहाङ राईको स्मृतिमा आफुसंगै परिवारका सदस्य पोपिराज राई, पबित्रा राई, सरला राई र नानू राई को तर्फबाट सौजन्य गरेको जानकारी गराए।

ट्रफी आयोजक एलएक्स सिटी फुटबल क्लबका अध्यक्ष बिक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले संयुक्त्त रुपमा ग्रहण गरे।

सो अवसरमा ज्योतीराज राईले आफ्नो जन्मथलोमा योगदान दिन पाउँदा गर्वको लागेको बताए।

उनले २०४८÷०४९ मा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेलको आयोजना गरेको स्मरण गराउदै केही समय स्थगित भए पनि फेरि खेल प्रतियोगितामा संलग्न हुन पाउँदा परिवारको लागि ऐतिहासिक क्षण भएको धारणा राखे।

राईले यस्तो सुवर्ण अवसर प्रदान गर्न सूझाब र सहयोग गर्नुहुने शिक्षक गोबिन्द भण्डारी, एलएक्स सिटी फुटबल क्लबका अध्यक्ष बिक्रम बान्तावा राई लगायतका शुभचिन्तक र टीमप्रति आभार व्यक्त गरे।

बेलबारी नगरपालिका –११ स्थित लक्ष्मीमार्गको ‘लक्ष्मी खेल मैदान’मा सो प्रतियोगिता हुँदैछ। सातौं संस्करणदेखि प्रतियोगितामा लगातार तीन पटक जित्ने टिमले गोल्डकप पचाउने छन्।

पहिलोपटक १० टिमले सहभागिता जनाउने प्रतियोगितामा नेपाल पुलिस क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारतको दलसिंहपारा फुटबल क्लब, विग्रेड ब्वाइज र आयोजक एलएक्ससिटी फुटबल क्लबले पोल ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछन्।

खेल आयोजना गर्न ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रस्तावित रङ्गशालामा ३५ सय दर्शक अटाउने अस्थायी प्याराफिट निर्माण भइसकेको क्लबका उपाध्यक्ष ज्ञानुराज राईले जानकारी दिए।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८१ आश्विन ८, १८: १५

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८१ आश्विन ८, १८: १५

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८१ आश्विन ८, १८: १५

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...