काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११:३० बजेका लागि डाकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन, प्रथम राष्ट्रिय भेलाको समीक्षालगायत समसामयिक राजनीतिक गतिविधिमा छलफल हुनेछ ।
यसै गरी रास्वपा नेताहरूको चीन भ्रमण र पार्टी गतिविधि र महाधिवेशन केन्द्रित गतिविधिका विषयमा समेत बैठकमा छलफल गर्ने तयारी भएको झाले बताए ।
उनका अनुसार आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार नै २:३० बजे हुने छ ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...