काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागको सदस्यमा १० सदस्य मनोनयन गरेका छन् ।
मनोनयन भएका सदस्यमा प्रा डा कमलदीप ढकाल (सिन्धुली), राजकुमार आचार्य (खोटाङ), पुजा पासवान (महोत्तरी), हरिसिंह केसी (धादिङ), त्रिबिक्रम पाण्डे (काठमाडौं), राजन श्रेष्ठ (काठमाडौं), किरण भट्ट (गोरखा), लालमणि भण्डारी (दाङ), खेमराज केसी (दैलेख) र तारामान रावल (कैलाली) रहेको पार्टीका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...