बीपी राजमार्गको दुम्जाको पहिरोले बाटो अबरुद्ध हुँदा एम्बुलेन्समै अस्ताए २ बिरामी – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

बीपी राजमार्गको दुम्जाको पहिरोले बाटो अबरुद्ध हुँदा एम्बुलेन्समै अस्ताए २ बिरामी

सिन्धुली। सिन्धुली जिल्लाबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।

सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो।

विरामी बोकेका एम्वुलेन्सले बिरामीलाई उपचारका लागि काठमाडौं पुर्याउन नसक्दा एम्बुलेन्समै कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीकी ९५ वर्षीया टीका कुमारी भुजेलको निधन भएको छ।

सोही मार्गबाट काठमाडौंतर्फ बर्दिवास नगरपालिका ८ महोत्तरीबाट जाँदै गरेका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो। भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले बताए।

सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो। अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।

मृत्यु भएपछि समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन्।

सम्बन्धित समाचार

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०८१ आश्विन १३, १५: ११

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०८१ आश्विन १३, १५: ११

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...

खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा
खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा
  • २०८१ आश्विन १३, १५: ११

काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने...