पहिरो नपन्छाएको र सडक मर्मत नभएको भन्दै दसैंको टिकट बुकिङ बन्द गर्ने तयारीमा – Naya Bikalpa
December 14, 2024, Saturday
व्यवसायी भन्छन् ‘पहिरोमा ६ सय सवारी अड्किए, चालकले खान पाएनन्’

पहिरो नपन्छाएको र सडक मर्मत नभएको भन्दै दसैंको टिकट बुकिङ बन्द गर्ने तयारीमा

काठमाडौं। नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैंको बुकिङ नै बन्द गर्न लागिएको बताउछन्।

यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने भन्दै उनले विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न नसकेको र बीपी राजमार्गमा ६०० सवारी साधन रोकिएरव्यवसायीले कष्ट पाएको बताए।

‘चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पु¥याउन सकिरहेका छैनौँ, सरकारले खानाको व्यवस्था गर्न सक्दैन अनि कसरी चलाउन सकिन्छ गाडी?’ सिटौलाले भने।

वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए। ‘धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त छन्, फेरि वर्षा हुने भनिएको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए कसले जिम्मा कसले लिन्छ?’ उनले भने।

वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको र यातायात रोकिँदा सबै ‘सेडुअल’ बिग्रिएकाले टिकट बुक गर्न सक्ने अवस्था नरहेकोले अब यात्रुका पैसा फिर्ता गर्ने तयारी गरिएको उनले बताए।

वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दसैँ पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए ।

आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उहाँले एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उनले सुनाए । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उनले बताए ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ आश्विन १५, १५: २३

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ आश्विन १५, १५: २३

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ आश्विन १५, १५: २३

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...