विपद् प्रतिकार्यको तयारीमा कमी कमजोरी भएकै हो तर पीडितलाई तत्काल राहत पुगोस्… – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

विपद् प्रतिकार्यको तयारीमा कमी कमजोरी भएकै हो तर पीडितलाई तत्काल राहत पुगोस्…

१.मौसम पूर्वानुमानमा जस्तै असोज १०गते रातिदेखि परेको अविरल वर्षामै मुलुक छ। अहिले मुलुक तहस नहस भएको छ। बाढीको बितण्डाले सयौँ मानिसहरुको ज्यान गएको छ। खर्बौँको सम्पति नष्ट भएको छ। सडक सञ्जालको बेहाल छ। राजधानी सहर नै मुलुकका अन्य भागसँग जोडिन अझै कति दिन पर्खनु पर्ने हो, थाहा छैन। हजारौँ बेघरबार भएका छन्। सयौँ घाइते भएका छन् र कति बेपत्ता भएका छन् भन्ने गणना हुन सकेको छैन।

२. जल तथा मौसम विज्ञान विभागले वर्षाको अभिलेखअनुसार सबैभन्दा बढी पानी परेको रहेछ काठमाडौँ उपत्यकामा। विपद् टरिसकेको छैन। तर, मौसम सज्ञान विभागले दिएको सूचनालाई जस्ताको तस्तै सम्प्रेषित गर्नेबाहेक विपद् प्रतिकार्यप्रति तयारी भएन।

त्यसमा जोसुकै जिम्मेवार भए पनि अन्ततः सरकारको दायित्व मानिन्छ प्रतिकार्यका लागि तयारी नहुनु, सचेतना कम हुनु र नदीका क्षेत्रहरु च्यापेर बस्ती बस्नु, जथाभावी कच्ची सडक सञ्जालको विकास गर्नु र तिनमा पिच नगर्नु आदि कमजोरीलाई विकासको नाम दिएर प्रकृतिमाथि खेलाँची गरिएको छ। अनि जलवायु परिवर्तनको कारणलाई आधार मान्दा पनि कतिपय मानवीय तयारीले पनि ती विपद्जन्य अवस्थाबाट पार पाउन सकिने थियो।

३. फौजका तीन तहलाई तयार गरे पनि कता जाने, के गर्ने र के प्रयोग गर्ने भन्नेमा फौज रह्यो। ७५३ स्थानीय तह, ७७ जिल्ला प्रहरी र त्यसका सञ्जाल, सशस्त्र प्रहरी र त्यसका सञ्जाल, नेपाली सेनाको बन्दोबस्तीको तयारी सबै अपुग भए।

सक्रियता त त्यसबेलाका देखियो जब वर्षाले कहर कटाउन थाल्यो। बाढी सोचेभन्दा ठुलो आयो। बाटा घाटा सबै पहिरोको चपेटामा परे, साना तिना खोलाको मारमा परे। अहिलेसम्म विपद्को लेखाजोखा हुन सकेको छैन। तत्काल राहत दिनका लागि स्थानीय तह नै सक्रिय हुनुपर्ने हो। विपद् कोषमा अबौँ रुपैयाँ सञ्चित छ। राज्य त राज्य हो नि, जहिले पनि तयारी अवस्थामा बस्नुपर्छ।

तीन तहका सरकार अलमलमा किन परेको हो? अझै राहत र सहयोगका खोजीमा हजारौँ नागरिकहरु छन्। कम्तीमा पनि विपद् व्यवस्थापन गर्दा स्याल मार्न जाँदा बाघ मार्ने खजाना चाहिन्छ भन्थे बुढापाका, तर अहिले देखियो ,बाघ आउँदैछ भनेर मौसम विभागले भनी रह्यो, हामीले मुसा मार्ने समेतको व्यवस्था गरेनाँै।

४.र अन्त्यमा, विपद् जनतालाई परेको हो, राज्यलाई परेको हो। यसमा कसको दोषका कारणले भन्ने खोट नदेखाई हालको परिस्थितिसँग मुकाबिला गरौँ र भावी समयका लागि अझ तयारीमा रहनु जरुरी छ। अन्ततः केन्द्रीय सरकारमाथि नै जबाफदेहिता आउँछ, बेलामा तयारी नगरेकोमा को बढी जबाफदेही भन्ने प्रश्न नगरौँ।

पहिले जलउत्पन्न प्रकोपको निदान गरौँ, भोलिको तयारी पनि गर्न थालौँ। सबैको सहयोगको जरुरछ पर्छ। अनि यो बेलामा अनेक चन्दा उठाउने र ठग्ने प्रवृत्ति रोक्न आधिकारिक कोषमा बाहेक कसैले कसैलाई चन्दा दिनु नपर्ने नीति पनि घोषणा गरौँ।

सम्बन्धित समाचार

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो
कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो
  • २०८१ आश्विन १५, १७: ०५

काठमाडौं : निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ। मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १०...

अनुभव र जोशको संगम विदुर बस्नेत : उदयपुर–१ मा चुनाव जित्नेमा ढुक्क
अनुभव र जोशको संगम विदुर बस्नेत : उदयपुर–१ मा चुनाव जित्नेमा ढुक्क
  • २०८१ आश्विन १५, १७: ०५

उदयपुर : प्रतिनिधि सभा निर्वाचन फागुन २१ मा उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका विदुर बस्नेतले ७०...

प्रतिनिधिसभा निर्वाचन : एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचन : एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ
  • २०८१ आश्विन १५, १७: ०५

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन...