काठमाडौं : गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए ।
काठमाडौंबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको बुझिएको छ ।
तर लामो समयदेखि रोकिएका यात्रु रहेका कारण गाडीको चाप बढ्दा र बाटो पनि ठाउँ ठाउँमा बिग्रिएको हुँदा जताततै जाम भएको छ ।
सडक मर्मत भएसँगै दुईतर्फी नै सडक खुलाएर हिजो रात्रि बस सञ्चालनका लागि अनुमति दिइएको थियो । तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरोले ठाउँठाउँमा सडक एकतर्फी छ ।
काठमाडौंबाट एकैपटक धेरै गाडी छुटेकाले ठूलो जाम परेको र यसको असर काठमाडौं उपत्यकाको सडकमा समेत जामको समस्या रहेको ट्राफिक प्रहरीले जनाएको छ । गाडीको लामो लाइन छ । काठमाडौंको थानकोट, कलंकी, बालाजु, पानीपोखरीलगायतका ठाउँमा गाडीको चाप छ ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...