
स्व. खम्बसिंह विष्ट र नरमायाका ६ छोरी तथा १ छोरामध्ये पाँचौ सन्तानको रुपमा मोरङको तत्कालीन बयरवनको सामान्य किसान परिवारमा जन्मिएकी हुन् दुर्गा विष्ट । उनका दिदीहरु शान्ता, शारदा, सुमित्रा, लक्ष्मी र बहिनी कला एवं भाइ दिनेश छन् ।
‘हुने बिरुवाको चिल्लो पात’ भनेभैंm तिक्ष्ण बुद्धिकी धनी दुर्गाको सानैदेखि फरक साेंच रह्यो । त्यही सोंचलाई मूर्तरुप दिँदै सीपमुलक तालिममार्फत सौन्दर्यकलामा ख्याति कमाएकी छन् । मध्यम वर्गीय परिवारको मुख्य आम्दानीको स्रोत भनेको कृषि नै थियो ।
दुर्गा सानै हुँदा बुबाको निधनले विष्ट परिवार बज्रपात भयो । अनि सुरु भयो उनका संघर्षमय जीवनका पाइलाहरु । सानैदेखि सेवाभावले ओतप्रोत, कर्तव्यप्रति जागरुक दुर्गा यी समस्याबाट अलिकति पनि नडमगाइ अगाडि बडिन् ।
उनी संघर्षशील र कर्तव्य निष्ठ र समाजसेवी शारीरिक रुपमा सानै कद भएपनि प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । उनै दुर्गाका संघर्षमय जीवनको सेरोफेरोमा रहेर नयाँ विकल्प साप्ताहिकका लागि कालिका महतले गरेको कुराकानीः
तपाईंको जन्ममा कहाँ र कहिले भएको हो ?
मेरो जन्म मोरङ जिल्लाको बयरवन गाविस वडा नं. ३ मा २०४८ साल कात्तिकमा भएको हो । ६ दिदी बहिनी र एक भाइमध्ये पाँचौं नम्बरकी हुँ म ।
पढाइको सुरुआत कहिले कहाँबाट भयो ?
मेरो पढाइ ४ वर्षको उमेरमा घरबाट नजिकै पर्ने विद्यालयबाट सुरु भएको हो । त्यहाँ कक्षा ४ सम्म अध्ययन गरेपछि दिदी सुमित्रासँग काठमाडौं आएँ । काठमाडौं आएर सिनामंगलस्थित तत्कालीन श्री गुह्यश्वरी माध्यमिक विद्यालयमा कक्षा ५ मा भर्ना भएँ । त्यहाँ मैले कक्षा ९ सम्म अध्ययन गरेँ । अनि थापाथलीको अल्फा एकेडेमीमा भर्ना भएँ । अल्फाबाटै २०६४ सालमा एसएलसी पास पनि गरेँ । सँगै सौन्दर्यकला सम्बन्धी सीपमुलक प्रशिक्षण पनि लिएँ ।
तपाईं सौन्दर्यकलातिर कसरी आकर्षित हुनुभयो ?
म सानैदेखि साथीहरुको तुलनामा थप आकर्षक बन्न रुचाउथेँ । ६÷७ वर्षको उमेरदेखि नै लवाइखुवाइ र सौन्दर्यमा विशेष ध्यान दिन्थे ।
घर बस्दा होस् या स्कुल जाँदा, बाहिरफेर कतै निस्कँदा नै किन नहोस् आफूलाई अरुको तुलनामा फरक देखाउन मन लाग्थ्यो ।
त्यसैले शरीर सुहाउँदो कपडा लगाउने मात्रै होइन, त्यही अनुसार मिल्दोजुल्दो श्रृंगार पनि गर्दथेँ । सधैं चिरिच्याट्ट परेर हिड्ने मेरो बाल्यकालदेखि कै सोख र चाहना हो ।
तपाईंको पहिरन देखेर साथीभाइहरु कत्तिको आकर्षित हुन्थ्ये ?
म सँधैं सफासुग्घर चिटिक्क परेर हिँडेको देखेर साथीभाइ, छरछिमेक, विद्यालय सबैतिर मेरो पहिरन अनि सौन्दर्यको चर्चा–प्रशंसा हुन्थ्यो ।
हुन पनि त्यतिबेलादेखि अहिलेसम्म म त्यो विशेषताबाट कतै डगमगाएकी छैन । बरु थप परिमार्जित र परिष्कृत भएकी छु ।
त्यसोभए तपाईं एसएलसी पास भएपछि सौन्दर्यकलातिर लाग्नुभयो ?
हो, म एसएलसी पास भएपछि सौन्दर्यकलाको क्षेत्रमा हात हालेँ । मैले मेकअप आर्ट सम्बन्धी तालिम पनि लिएँ । त्यससँगै उच्च शिक्षा अध्ययनको लागि ललितपुरको बालकुमारीस्थित माइलस्टोन कलेजमा भर्ना भएँ ।
त्योसँगै थापाथलीमा मेकअप आर्टको प्रशिक्षण पनि लिन थालेँ । त्यहाँबाट मलाई आफ्नो बाल्यकालदेखिको सपना साकार हुने र लक्ष्यमा पुगिने मार्ग पहिल्याएँ भन्ने महशुस हुन थाल्यो । त्यहाँ बेसिक, डिप्लोमा (एड्भान्स) र स्पेशल गरी एकवर्षे प्रशिक्षण लिएँ ।
यससँगै मैले थापाथलीमा नै कस्मेटिक पसल पनि चलाउन थालेँ । यसरी मेरो व्यवसायिक यात्रा शुरु भएको हो ।
सौन्दर्यकलामा ज्ञान हासिल गरिसकेपछि व्यवसाय सञ्चालनको लागि कुन ठाउँ रोज्नुभयो ?
मैले राजधानीबाट सौन्दर्यकलामा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरिसकेपछि नेपालको पर्यटकीय नगरी पोखरालाई आफ्नो व्यवसायिक गन्तव्यको पहिलो निसाना बनाएँ ।
त्यहाँ मैले फेरि थप ६ महिना मेकअप सम्बन्धी प्रशिक्षण पनि लिएँ । त्यसपछि सभागृह चोकमा मेकअप स्टुडियो सञ्चालन गर्न थालेँ । त्यहाँ ४ वर्ष सञ्चालन गरेपछि पुनः काठमाडौं फर्किएँ ।
पोखराबाट किन काठमाडौं नै फर्किनुभयो त ?
पोखराभन्दा काठमाडौं फराकिलो पनि सबैतिरको केन्द्र पनि हो । पोखरामा भन्दा काठमाडौंमा ग्राहक पनि बढी हुन्छन् । मैले हासिल गरेको सौन्दर्यकलाको सैद्धातिक र व्यवहारिक ज्ञानलाई व्यवसायिक रुप दिन काठमाडौं अझ बढी उपयुक्त हुने ठानेर फर्किएकी हुँ ।
तपाईंको मेकअप स्टुडियो काठमाडौंको कुन ठाउँमा खोल्नुभएको छ ?
मैले मेकअप स्टुडियो, प्रफेक्ट मिडिया एकेडेमी नाम दिएर काठमाडौंको मैतिदेवीमा खोलेकी छु । त्यसैगरी मैले क्रमशः डिवाइटी, टिभी र कान्तिपुर मोडल एजेन्सी पनि सञ्चालनमा ल्याएँ, जुन अहिले निकै चर्चित छन् । त्यहीं भएर होला यसबाट मनग्य आम्दानी भइरहेको छ ।
सौन्दर्य क्षेत्रमा व्यवसायिक रुपले लागेको कति भयो ?
म यो क्षेत्रमा व्यवसायिक ढंगले लागेको १२÷१३ वर्ष भयो । यो अवधिमा मैले ५ सयभन्दा बढी प्रशिक्षार्थीहरु नै कमाइसकेकी छु ।
योसँगै मैले दर्जनौं वृत्तचित्र, म्युजिक भिडियो, टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा समेत आफ्नो कला देखाइसकेकी छु । सौन्दर्य कला मेरो लागि भविष्यसम्मको यात्रा हो । यसैलाई व्यवसायिक रुपमा निरन्तरता दिन्छु ।
यसको अलावा अन्य काम पनि गर्नुभएको छ ?
सौन्दर्य कलासँगै म विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुमा पनि आबद्ध छु । यस्तै सक्रियताले दर्जनौं उपाधिसहित विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित पनि भएकी छु । त्यतिमात्र हैन, मैले विभिन्न कार्यक्रममा जुरीको भूमिकासमेत निर्वाह गरेकी छु ।
समाजसेवाको काम पनि गर्नुभएको छ ?
आफ्नो व्यवसायको कमाइबाट मैले केही प्रतिशत रकम समाजसेवाका लागि खर्चिने गरेकी छु । ‘मैले पनि जिन्दगीमा धेरै संघर्ष गरेँ ।
अनाथलयका बृद्धबृद्धा, बालबालिका, गरिब, जेहेन्दारका लागि केही गरौं भन्ने भावना जाग्छ’ । हाम्रो सानो सहयोगले कसैको भविष्य बन्छ भने किन नगर्ने ? सबैले यसैगरी अलिअलि सहयोग गरे त धेरै भइहाल्छ नि ।
मलाई त आफूले लगाएको, खाएको भन्दा पनि सहयोग गर्न पाउँदा मन आनन्दित भएर आउँछ । त्यसैले आफ्नो कमाइको केही प्रतिशत सधैं समाजसेवामा छुट्ट्याउने गर्दछु ।
आफ्नो व्यवसाय र कमाइमा सन्तुष्ट हुनुहुन्छ ?
म मेरो सौन्दर्यकला (मेकअप आर्टिस्ट) बाट एकदमै सन्तुष्ट छु । यो पेशामा लागेर ठीक गरेँ भन्ने लाग्छ । मेरो जे–जति लगानी र सीप छ, त्यसबाट भएको आम्दीनले म सन्तुष्ट छु । यसबाट हुने कमाइ आफ्नो जीवन चलाएर केही प्रतिशत समाजसेवामा खर्चिन पनि पुगेको छ । त्यसैले म मेरो पेशा र आम्दानीमा सन्तुष्ट छुृ ।
शिक्षित बेरोजगार युवा÷युवतीलाई के भन्नुहुन्छ ?
उहाँहरुलाई म ‘अहिलेको युगमा ज्ञान हासिल गर्न पढाइ त अनिवार्य भइगयो । त्यसको अलावा व्यवसायिक र स्वरोजगार बन्न आफ्नो इच्छाअनुसार सीपमूलक तालिम लिनुहोस’् भन्न रुचाउँछु ।
हामीमा शिक्षासँगै व्यवसायिक सीपमूलक तालिम भयो भने कुनै ठाउँमा पनि बेरोजगार हुनुपर्दैन । सीपले हामीमा आत्म बल बढ्छ । जसले आत्मनिर्भर बनाउन मद्दत गर्दछ ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...