राप्रपा महामन्त्री तथा सांसद डा.धवलशमशेर राणालाई गिजाको क्यान्सर – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

राप्रपा महामन्त्री तथा सांसद डा.धवलशमशेर राणालाई गिजाको क्यान्सर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशमशेर राणालाई क्यान्सर भएको छ।

प्रतिनिधि सभा सदस्य समेत रहेका डा.राणालाई गिजाको क्यान्सर देखिएपछि उनी उपचारका लागि भारत लगिएको छ।

एक साताअघि भारत गएका उनी अहिले मुम्बईको एक अस्पतालमा उपचार गराई रहेको पारिवारिक स्रोतले जनायो।

सबै स्वास्थ्य परीक्षणहरु भइसकेको र शुक्रबार राति ११ बजे रिपोर्ट आउने जानकारी उनी निकट राप्रपा सहमहामन्त्री ऋषि देवकोटाले बताए।

राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या देखिएको बताइएको छ। नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखिएको हो।

राणा नेपालगञ्ज नगरपालिका र उपमहानगर पालिका भए पछि दुई पटक नगर प्रमुख (मेयर) भई सकेका छन्।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ आश्विन १८, १६: २९

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ आश्विन १८, १६: २९

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ आश्विन १८, १६: २९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...