पेप्सीकोलाको एबी टिपिकल थकाली र सूर्यमुख डेरी पसललाई विभागद्वारा कारबाही – Naya Bikalpa
January 24, 2025, Friday
‘बेकर सर्टेनिङ्ग र संयुक्त डेरी तथा पाटन औद्योगित क्षेत्रमा उत्पादित दूध दुषित’

पेप्सीकोलाको एबी टिपिकल थकाली र सूर्यमुख डेरी पसललाई विभागद्वारा कारबाही

काठमाडौ। कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको सक्रियतामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाड पर्वलाई लक्षित गरी मोवाईल फुड ल्याव भ्यानको प्रयोगबाट गरिएको बजार अनुगमनबाट दुषित खाद्य पदार्थ विक्री गर्ने व्यवसायीमाथि कारबाहीको क्रम जारी छ।

यसैक्रममा विभागले विहीबार राजधानीको पेप्सीकोला क्षेत्रका पाँच वटा व्यसायिक कम्पनीहरुमा गरेको स्थलगत अनुगमनको क्रममा पाँच व्यवसायी मध्ये दुईलाई कारबाहीको लागि सिफारिस गरेको छ।

  • मोबाईल फुड भ्यानबाट परिक्षण गर्दा दुई व्यवसायलाई कारबाहीको सिफारिस

जसअनुसार विभागले एबी टिपिकल थकाली व्यवसायको बेकरी सर्टेनिङको प्रारम्भि चेक जाँच गर्दा कैफियत देखिएकाले बेकरी सर्टेनिङको प्रयोग नगर्न निर्देशन दिएको छ।

विभागले संयुक्त डेरी एण्ड फुड्स प्रालि र पाटन औद्योगितक क्षेत्रबाट उत्पादिन तथा प्रशोधित दूधको विक्री वितरणा गर्ने सूर्यमुखी डेरी पशल पेप्सीकोलाको नमुना परिक्षण गर्दा प्रशोधित दूधमा कैफियत भेटिएकोले कारबाही गरेको छ ।

विभागले दूधको नमुनाको विस्तृत परिक्षणको लागि प्रयोगशालामा पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

विभागले गरेको अनुगमनअनुसार पेप्सस्कोलास्थित काभ्रे डेरीमा विक्री वितरण गरिएको मनकामना दूत प्रशोधन केन्द्र र कन्चन डेरीबाट दूत खरिद गर्ने गरेकोमा प्रशोधित दूत र घ्यूको नमुना चेक जाँच गर्दा कैफियत पाइएन ।

त्यस्तै, गोलोक डेरीमा दुर्गा डेरीको कच्चा तथा प्रशोििधत दूध र घ्यूको नुमना परिक्षण गर्दा कैफियत नदेखिएको विभागले जनाएको छ।

त्यस्तै अनुप डेरी प्रालि काभ्रेको उत्पादित प्रशोधित दूध र तथा खुल्ला कच्च दूत तथा घ्यूको नमुना परिक्षण अनुप डेरी पेप्सीकोलाको पशलबाट गर्दा कैफियत नभेटिएको विभागले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ आश्विन १८, १८: २९

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ आश्विन १८, १८: २९

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ आश्विन १८, १८: २९

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...