सिन्धुली। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ६ स्थित भिमानमा उँट भेटिएको छ। मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए।
एउटा उँट बस्तीमा देखिएपछि हेर्नेहरूको भिड लागेको छ। ‘हेर्दा अरवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन। हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौं,’ अध्यक्ष वाइवाले भने ।
डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरिएको बताए।
उनले यो नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने उल्लेख बताए।
‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो। नेपालका जंगलमा पाँइदैन। भारतबाट ल्याएर तराई तथा चितवनतिर पालेको कसैको फुत्किएर आएको हुन सक्छ। हाम्रो टोली त्यसतर्फ जाँदै छ,’ उनले भने।
काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...