
काठमाडौँ। भारतले क्यानडासँगको सम्बन्धमा तनाव आएसँगै आफ्ना राजदुत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ।
क्यानाडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको सरकारले आफ्ना राजदुतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदुत बर्मालाई फिर्ता बोलाएको हो।
भारतले क्यानडाले निशाना बनाएका राजदुत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ।
क्यानडाले राजदुत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि हरदिप सिंह निज्जरको हत्यासँग जोडिएको बताइएको छ। यसबारे भारतले मंगलबार क्यानडाका राजदूतलाई फिता बोलाएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने बताउदै राजदुतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ।
विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ ।
विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर, क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताइएको छ।
२०२३ जुन १८ को साँझ क्यानडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो। गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।
त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...