बंगलादेशकी शेख हसिनाले प्रधानमन्त्री पदबाट अझै राजीनामा नदिएको खुलासा! – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

बंगलादेशकी शेख हसिनाले प्रधानमन्त्री पदबाट अझै राजीनामा नदिएको खुलासा!

काठमाडौं। बंगलादेशबाट भागेर भारतमा निर्वासित भएकी प्रधानमन्त्री शेख हसिना वाजेदले अझै राजीनामा नदिएको खुलासा भएको छ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो।

हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शन भएपछि गत अगस्टमा देश छोडेकी थिइन्। यसैबीच राष्ट्रपति शाह्बुद्दीनले हसिनाले राजीनामा दिएको सुनेको र धेरै प्रयास गर्दा पनि राजीनामा दिएको कुनै कागजपत्र फेला पार्न नसकेको बताएका छन्।

राष्ट्रपतिले दिएको एक अन्तर्वार्तामा यस्तो बताएपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।

राष्ट्रपतिले दिएको अन्तर्वार्तामा गत अगष्ट ५ मा हसिना भेट्न आउने फोन आएको तर एक घन्टाभित्रै उनी आउन नसक्ने भन्दै अर्को फोन आयो र त्यसपछि उनले सैन्य महासचिव आदिलसँग सम्पर्क गरे तर उनलाई यस बारेमा कुनै जानकारी थिएन।

राष्ट्रपतिले भनेका छन्, ‘जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी)लाई यसबारे हेर्न भनें। उनीसँग पनि कुनै जानकारी थिएन। हामीले पर्ख्यौं र टिभी स्क्रोल गरिरह्यौं। कुनै खबर थिएन। पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुनेँ।’

राष्ट्रपति शाहबुद्दीनले सेना प्रमुख जनरल वकार बंगभवनमा आएपछि प्रधानमन्त्रीले राजीनामा दिएको हो कि भनेर जान्न खोजेको बताए।

उनले भने– ‘एक दिन क्याबिनेट सचिव राजीनामा पत्रको प्रतिलिपि लिन आए। मैले पनि खोजिरहेको छु भनेँ। उनले अहिले यस विषयमा बहस गर्नुको कुनै अर्थ नरहेको बताए। हसिना गइन् र यो सत्य हो।’

राष्ट्रपतिले हसिना बाहिरिएपछि आफूले सर्वोच्च अदालतको राय लिएको र अदालतले अन्तरिम सरकार गठन गर्न सकिने बताएको जनाए।

यसैबीच, कानुनी सल्लाहकार डा.आसिफ नजरुलले राष्ट्रपतिको भनाइ आफैंमा विरोधाभासपूर्ण रहेको भन्दै हसिनाले राजीनामा दिएको बताएका छन्।

हसिनाका कट्टर प्रतिद्वन्द्वी र पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशको प्रधानमन्त्रीबाट हसिनाको राजीनामाको बारेमा झूट बोलेको बताएको छ।

बिएनपीका उपाध्यक्ष जैनुल आबेदिनले भने, ‘म भन्न चाहन्छु कि राष्ट्रपतिले सरकार गठन भएको दुई महिनापछि निश्चित एजेण्डा लिएर यस्तो अभिव्यक्ति दिएका हुन्। राष्ट्रपतिले झुट बोलेका छन्।’

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८१ कार्तिक ६, १३: ४३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८१ कार्तिक ६, १३: ४३

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८१ कार्तिक ६, १३: ४३

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...