भक्तपुर। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार श्रेष्ठमाथि अङ्ग तस्करीको आरोप लगाउँदै स्थानीयवासी र कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिएका छन्।
दशैंअघि एक महिनासम्म चलेको आन्दोलन फेरि शुरु भएको हो। सोमबारदेखि शुरु आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी छ।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार बिहान अस्पतालको गेट अगाडि प्रदर्शन भएको छ।
प्रदर्शनमा स्थानीय संघ संस्था एवम् गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरू पनि प्रदर्शनमा उत्रिएका छन्।
अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न उनीहरुले माग गरेका छन्। स्थानीयले दशैंअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर विभिन्न चरणमा ज्ञापन पत्र एवम् ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेका थिए।
असोज ४ गते आन्दोलनकारीका तर्फबाट विष्णुकुमार पौड्याल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्य मन्त्रीलाई भेटेर कार्यकारी निर्देशक डा.श्रेष्ठ मानव अंग तस्करीमा संलग्न भएको र अस्पतालमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तत्काल बर्खास्तको लिखित माग राखेका थिए।
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...