अनुमति नपाएको एयर एसियाको बिमानलाई ४५ मिनेट होल्ड गरी अवतरण गर्न दिइयो – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

अनुमति नपाएको एयर एसियाको बिमानलाई ४५ मिनेट होल्ड गरी अवतरण गर्न दिइयो

काठमाडौं। उडान अनुमतिको समयावधि (म्याद) सकिए पनि बैंककबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाजलाई अवतरण गर्न दिइएको छ।

काठमाडौंमा आइतबार दिउँसो २ बजे अवतरण हुनका लागि आएको सो विमानलाई नेपाली आकाशमा झण्डै ४५ मिनेट होल्ड गरेपछि अवतरणका लागि अनुमति दिइएको थियो।

उडान र अवतरणको अनुमति नपाएको थाइ एयर एसिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो। एयर एसियाको नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) भएको थियो।

यो वायुसेवाले हिजो २६ अक्टोबरसम्मको मात्रै उडान अनुमति लिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

काठमाडौंको आकाशमा होल्ड भएको विमानलाई अवतरण गराउने र आवश्यक कारबाही गर्ने गरि अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए।

आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेको सो जहाज यात्रु लिएर काठमाडौं आएको थियो।

महाप्रवन्धक निरौलाका अनुसार जहाज काठमाडौंमा अवतरण गर्न नपाउने भएकाले डाइभर्ट हुनुपर्ने थियो। तर पाईलटनले विमानलाई डाइभर्ट नगरी अवतरण गर्न ४५ मिनेटसम्म नेपाली आकासमै होल्ड भएपछि अनुमति दिईएको थियो।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ कार्तिक ११, १६: ५२

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ कार्तिक ११, १६: ५२

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ कार्तिक ११, १६: ५२

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...