अनुसन्धान मानिसको मुख होइन, तथ्य र प्रमाणका आधारमा हुन्छः गृहमन्त्री लेखक – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

अनुसन्धान मानिसको मुख होइन, तथ्य र प्रमाणका आधारमा हुन्छः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आपराधिक घटनाका कुनै पनि अनुसन्धान गर्दा कुनै मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने बताएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने बताएका हुन्।

‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ र हुनुपर्छ। कसैलाई काखापाखा हुँदैन। सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन’, गृहमन्त्रीले भने, ‘कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबी लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको प्रति संकेत गर्दै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन्।

उनले भने ‘प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको पनि छ।’

सरकारले गर्ने अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने भन्दै न्यायालयको अनुमति लिनुपर्ने बेलामा न्यायालयको समेत अनुमति लिएर सरकारले गर्ने गरेको उनले बताए। उनले सरकार कानुनभन्दा बाहिर नजाने पनि स्पष्ट पारे।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८१ कार्तिक १२, १६: ४०

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८१ कार्तिक १२, १६: ४०

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८१ कार्तिक १२, १६: ४०

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...