अनुसन्धान मानिसको मुख होइन, तथ्य र प्रमाणका आधारमा हुन्छः गृहमन्त्री लेखक – Naya Bikalpa
February 7, 2025, Friday

अनुसन्धान मानिसको मुख होइन, तथ्य र प्रमाणका आधारमा हुन्छः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आपराधिक घटनाका कुनै पनि अनुसन्धान गर्दा कुनै मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने बताएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने बताएका हुन्।

‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ र हुनुपर्छ। कसैलाई काखापाखा हुँदैन। सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन’, गृहमन्त्रीले भने, ‘कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबी लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको प्रति संकेत गर्दै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन्।

उनले भने ‘प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको पनि छ।’

सरकारले गर्ने अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने भन्दै न्यायालयको अनुमति लिनुपर्ने बेलामा न्यायालयको समेत अनुमति लिएर सरकारले गर्ने गरेको उनले बताए। उनले सरकार कानुनभन्दा बाहिर नजाने पनि स्पष्ट पारे।

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ कार्तिक १२, १६: ४०

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ कार्तिक १२, १६: ४०

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०८१ कार्तिक १२, १६: ४०

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...