काठमाडौं। निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको तालिका सार्वजनिक गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजधानीको कीर्तिपुर नगरपालिकाको मेयर (नगरप्रमुख) पदमा ई.ध्रुव महर्जनलाई उठाउने भएको छ।
राप्रपाले उपनिर्वाचनका लागि खोलेको प्रचार कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नगरप्रमुखसहित दुई वटा वडाध्यक्षका उम्मेदवारको नाम घोषणा गरेका हुन्।
राप्रपाले कीर्तिपुरको वडा नम्बर १ को अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार बनाउने घोषणा समेत गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरुलाई प्रवेश गराइएको थियो।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...