गरिमा विकास बैंकले नेपाली टिमले गर्ने प्रतिगोल एक लाख रुपैयाँ दिने – Naya Bikalpa
February 9, 2025, Sunday

गरिमा विकास बैंकले नेपाली टिमले गर्ने प्रतिगोल एक लाख रुपैयाँ दिने

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ महिला च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली टिमलाई प्रतिगोल १ लाख रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।

बंगलादेशविरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल १ लाख रुपैयाँ प्रदान गर्नेछ । नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवर्द्धनमा सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ कार्तिक १४, १४: २७

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ कार्तिक १४, १४: २७

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ कार्तिक १४, १४: २७

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...